२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धिचाल प्रतियोगितामा पाँच मुलुकका २२६ जना खेलाडी



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पाँच देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा  रहेका छन् ।

कामपा वडा २४ को आयोजना नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्यापिड (१९०० मुनि) चेस टुर्नामेन्ट सुरु गरेको खेलमा पाँच देशका २२६ सहभागी रहेको बताइएको छ ।

धर्मपथमा रहेको सांस्कृतिक द्यः छेँमा खेल सुरु भएको हो । खेलको शुभारम्भ गर्दै वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले, महानगरपालिका घोषणा हुँदाका उपप्रमुख स्वर्गीय नविन्द्रराज जोशीको व्यक्तित्वमाथि चर्चा गर्दै उहाँको योगदानलाई चीरस्मरणीय बनाइराख्न जोशीका नामबाट प्रतियोगिता थालिएको बताउनुभयो ।

वडाले विश्व बुद्धिचाल महासङ्घ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।

खेल, स्वीस सिस्टममा आधारित अर्थात् एक जना खेलाडीले नौ जना खेलाडीसँग प्रतिस्पर्धा गरेर उच्च अङ्क प्राप्त गर्ने खेलाडी विजेता हुने प्रणालीमा खेलाइँदै छ ।

यसमध्ये शुक्रबारसम्ममा पाँच चरणमा खेल सम्पन्न भएको छ । यी चरणमा काठमाडौँका सिएम भगवतीप्रसाद शर्मा र दीपक महर्जन, मोराङ्का उमेश राई र मकवानपुरका फुर्वा लामाले पाँचवटै खेल जितेर शीर्ष स्थानमा रहनुभएको प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर) ज्ञानेन्द्र खाइजुले जानकारी दिनुभयो ।

खाइजुका अनुसार स्वीस लिग प्रणालीमा हरेक जितका लागि खेलाडीले १ नम्बर प्राप्त गर्नेछन् । बराबर भयो ०.५ अङ्क प्राप्त हुनेछ ।

प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका  एक जना गरी २२६ जना खेलाडी सहभागी हुनुहुन्छ । नेपालका ४८ जिल्लाबाट खेलाडी सहभागी हुनुभएको छ । उमेरका हिसाबले नौ वर्षका सुवाङ्ग प्रधानदेखि ८० वर्षका भेट्रान खेलाडी सीताराम अग्रवाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रतिस्पर्धामा १५ जना महिला हुनुहुन्छ ।

काठमाडौँ बाहिरबाट प्रतिस्पर्धाका लागि आउनुभएका खेलाडीलाई वडा कार्यालयले दुई रातको आवासीय सुविधा उपलब्ध गराएको छ । रासस