२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटबारे पूर्वअर्थराज्यमन्त्री राणाः सरकारले लिने ऋण र पूर्वाधार खर्चबीच सन्तुलन मिलेन



अ+ अ-

काठमाडौँ। पूर्वअर्थराज्यमन्त्री एवं नेपाली काँग्रेस सहमहामन्त्री उदय शमशेर राणाले सरकारको अगामी आर्थिक वर्षको बजेटमा अत्यधिक महत्वाकांक्षी भएको टिप्पणी गर्नुभएको छ ।

बजेट वक्तव्यपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले अगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिव २५ प्रतिशतले वृद्धि गरी ल्याइएको बताउनु भयो ।

उहाँले बजेटमा ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको बताउनु भयो । सरकारले ठूलो परिमाणमा आन्तरिक तथा वैदेशिक ऋण उठाउने लक्ष्य राखेपनि त्यसअनुसार पूर्वाधार क्षेत्रमा पयाप्त बजेट विनियोजन नगरिएको उहाँको टिप्पणी छ ।

सरकारले अगामी आर्थिक वर्षमा ६ अर्ब ५७ खर्ब रुपैयाँको ऋण लिने भनेको छ भने पूर्वाधार विकासमा ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

पूर्वअर्थराज्यमन्त्री राणाले ऋण उत्पादक क्षेत्रमा खर्च नभए भविष्यमा ऋण तिर्न थप समस्या सिर्जना हुने चेतावनी दिनुभयो । साथै बजेटमा गरिबी न्यूनीकरण र विपन्न वर्गका विषय प्रभावकारी रूपमा समेटिन नसकेको भन्दै लक्ष्य हासिल गर्न कठिन हुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘बजेट निकै महत्वकांक्षी देखियो । सुन्नमा एकदमै राम्रो छ । यसको कार्यान्वयनमा ध्यामन दिनुपर्ने जस्तो मलाई लागेको छ । चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा यो बजेटको साइज झन्डै २५ प्रतिशतले बढेको छ ।

अहिले ऋणको दायरा अत्यन्त बढेको कुरा मलाई अनौठो लागेको छ । नेपालमा विदेशी र आन्तरिक ऋणको समस्या देख्दै आएका छौँ । अहिले सरकारले ६ अर्ब ५७ खर्ब रुपैयाँको ऋण लिने भनेको छ । तर पूर्वाधार खर्चमा जम्मा ४ खर्ब ३१ ऋर्ब मात्रै छ । त्यसैले यो ऋण र खर्चको अनुपातको खर्च नमिलेको जस्तो लाग्छ ।

ऋण लिइसकेपछि त्यो पूर्वाधार विकासमा खर्च गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हाम्रो ऋण अनुत्पादक क्षेत्रमा हालिसकेपछि ऋण तिर्ने कुरामा पनि केही समस्या आएको छ ।

बजेटमा गरिब र गरिबी भन्ने शब्द नै मै सुनिन । त्यसकारण यो क्षेत्र नै बजेटमार्फत छुटेको जस्तो लागेको छ । त्यसरकारण बजेटले लक्ष्य प्राप्त गर्न गाह्रो छ ।’

उहाँले युवा स्वरोजगारी र स्टार्टअपको सवालमा सरकारले केही नयाँ ल्याउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा समस्या हुने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल