१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने
अ अ+ अ-

बागमती। सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने घोषणा गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै उक्त योजना अघि सार्नुभएको हो ।

मकवानपुरको हेटौँडालाई औद्योगिक र प्रविधिको हब बनाउने योजना अघि सारिएको छ । काठमाडौँ उपत्यकालाई आधुनिक सहरको रूपमा विकास गर्न ‘भिजन २०४०’ को योजना अघि सारिएको छ । सरकारले काठमाडौँको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युटर केन्द्र’ स्थापना गर्ने घोषणा गरेको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन र स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरु गरिनेछ ।

काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा सहुलियत, धुलिखेल र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको रुपमा स्तरोन्नति गर्ने घोषणा गर्नुहुँदै अर्थमन्त्री वाग्लेले बागमती प्रदेशको राजधानी हेटौँडामा २.५ मेगावाट क्षमताको ‘ग्रिन हाइड्रोजन’ पाइलट प्रोजेक्ट सुरु गरिने घोषणा गर्नुभयो ।

मकवानपुरको मयुरधाप औधोगिक क्षेत्रलाई निजी क्षेत्रमार्फत निर्माण र सञ्चालन गर्ने घोषणा गर्दै हेटौँडा–नारायणगढ सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ । भरतपुर विमानस्थलकोे विस्तार गरी रात्रिकालीन उडान सुरु गरिनेछ । मानव विकास सूचकाङ्कमा पछाडि परेका चेपाङ समुदायका लागि चितवनमा आवासीय सुविधासहितको नमूना विद्यालय सञ्चालन गरिनेछ ।

आगामी आव २०८३÷८४ मा विभिन्न सुरुङ मार्गहरूको अध्ययन र निर्माणको घोषणा गरेको सरकारले धादिङको नागढुङ्गा–मुग्लिन सडकखण्डको स्तरोन्नति र नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने योजना अघि बढाएको छ ।

हेटौँडालगायतका प्रमुख सहरहरूमा खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको सरकारले हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने र हेटौँडा–रातमाटे–लप्सीफेदी प्रसारण लाइन निर्माणलाई तीव्रता दिने घोषणा गरेको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापनका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायतका निकायलाई गाभेर एकीकृत संरचना बनाउने घोषणा गरेको छ ।

सिन्धुलीको सुनकोशी मरिन डाइभर्सनको कामलाई तीव्रता दिने, नुवाकोट रसुवा जोड्ने गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको सरकारले सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि याङ्ग्री र लार्केखोलाबाट पानी पथान्तरण गर्न अध्ययन सम्पन्न गर्नेगरी बजेट विनियोजना गरेको छ ।

सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाटले प्रतिक्रिया दिनुभयो । “हामीले वर्षाँैदेखि उठाउँदै आएका कर छुटलगायतका विषयलाई बजेटले सम्बोधन गरेको छ”, अध्यक्ष रानाभाटले भन्नुभयो, “समग्रमा निजी स्रोतलाई उत्साहित बनाउने खालको बजेट सरकारले ल्याएको छ, अब यसको कार्यान्वयन कसरी हुन्छ भन्ने ठूलो कुरो हो ।”

आर्थिक सङ्कटसँग जुध्दै आएको र जीर्ण अवस्थामा रहेका हेटौँडा सिमेन्ट उद्योगलगायतका सरकारी उद्योगहरू सञ्चालनका लागि अध्ययन गरी लगानी व्यवस्थापन गर्ने सरकारको घोषणाले स्थानीयमा केही आशा जगाएको उहाँको भनाइ छ । रासस