२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी र कार्यान्वयनयोग्य छः सांसद न्यौपाने



अ+ अ-

काठमाडौँ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी भएपनि कार्यान्वयनयोग्य रहेको बताउनुभएको छ ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले बजेटले सुशासन र समृद्धिको स्पष्ट मार्गचित्र कोरेको दाबी गर्नुभयो ।

सांसद न्यौपानेले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यलाई ‘महत्वाकांक्षी’ स्वीकार गर्दै ठूला लक्ष्य राख्नु र सपना देख्नु विकासका लागि अनिवार्य सर्त भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बजेट महत्वाकांक्षी छ, तर यो सरकारले लक्ष्य हासिल गर्नसक्छ । ठूला सपना नदेखी प्रगति सम्भव छैन, त्यसैले यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

विगत ३५–३७ वर्षमा बिग्रिएको प्रणालीलाई एकै वर्षमा सुधार्न सकिँदैन। यो एक क्रमिक प्रक्रिया हो र त्यसका लागि अध्ययनमा बजेट छुट्याउनु सराहनीय कार्य हो ।’

पुराना उद्योगहरूको अध्ययनका लागि ७५ करोड रुपैयाँ विनियोजन गरिएको विषयमा स्पष्ट पार्दै उहाँले कुनै पनि काम शुरु गर्नुअघि त्यसको वस्तुगत अवस्थाबारे जानकारी लिनु वैज्ञानिक पद्धति भएको बताउनु भयो ।

विगतमा भएका गल्ती र उद्योगहरूको वर्तमान अवस्था बुझेर मात्र अघि बढ्नुपर्नेमा जोड दिनुभयो । बजेटलाई ‘कर्मकाण्डी’ भनी गरिएको टिप्पणीको खण्डन गर्दै सांसद न्यौपानेले यसमा समेटिएका बहुवर्षीय योजनाहरूले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिपक्षले आफ्नो धर्म निभाउन बजेटको आलोचना गरे पनि यो बजेट जनताकै हितका लागि आएको र कार्यान्वयनको दिशामा सरकार दृढ रहेको उहाँको भनाइ थियो ।

अर्थमन्त्रीको कार्यशैली र बजेटका स्रोतहरूप्रति आफू विश्वस्त रहेको उल्लेख गर्दै न्यौपानेले यसले मुलुकमा सुशासन र समृद्धिको जग बसाल्ने दाबी गर्नुभयो ।–न्युज एजेन्सी नेपाल