३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलोपालो सरकारवारे प्रचण्डले गरे यस्तो खुलासा



अ+ अ-

दाङ । नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आलोपालो सरकारवारे खास खुलासा गरेका छन् । अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आलोपालो सरकारको नेतृत्व लिने कुरा इतिहास भइसकेको बताएका हुन् ।

बुधबार प्रेस सेन्टर दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले पाँच वर्षसम्म यही सरकार स्थायी रूपमा चल्ने बताउदै हालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलाई भारतभित्र समेटिएको कुरामा सरकारको ध्यान गएको बताए।

उनले भारत भ्रमणका समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिपुलेकका बारेमा कुरा गरेको उल्लेख गर्दै ‘यो सच्चिनुपर्ने’ बताएको उल्लेख गरे। उनले यसलाई कुटनीतिकरूपमा हल गर्नुपर्ने भनाइ राखेका थिए।