१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी

दूध बिक्रीबाट मासिक १२ लाख आम्दानी
अ अ+ अ-

स्याङ्जा । दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन् । वैदेशिक रोजगारीबाट फर्केसँगै दुई वर्ष अघि ‘स्याङ्जा एग्रो एण्ड रिसर्च सेन्टर’ दर्ता गरी भैँसीपालन व्यवसाय सञ्चालन थालिएको व्यवसायी हमालले बताउनुभयो । “फार्ममा दैनिक ४९० लिटरसम्म दूध उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “प्रतिलिटर रू ९८ का दरले दैनिक रू ४८ हजार आम्दानी हुने र यहाँ उत्पादित दूध रानाभाट दूध डेरीमार्फत बिक्री वितरण हुने गरेको छ ।”

दूध बिक्रीबाट मासिक रू बाह्र लाखभन्दा बढी आम्दानी हुने गरेको अर्का व्यवसायी हमालले बताउनुभयो । “दुई वर्ष अघि एक करोड ५० लाखको लगानीमा फार्म सञ्चालन गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म रू दुई करोड ५० लाख लगानी भएको छ । फार्ममा अहिले साना तथा ठूला गरी १७० वटा माउ तथा पाडापाडी छन् । फार्ममा हाल १४ जनाले रोजगारीसमेत प्राप्त गरेका छन् ।”
भैँसीका लागि आवश्यक पर्ने घाँस झण्डै १०० रोपनी जमीनमा नेपियरलगायत आधुनिक तथा विकासे घाँसखेती गरिएको अर्का व्यवसायी रेग्मीले बताउनुभयो । रोजगारीको सिलसिलामा जापान पुग्नुभएका उहाँले आफू स्वदेशमै सम्भावना देखेर फर्किएको जानकारी दिनुभयो । पाँच वर्ष मलेसियामा काम गरेर फर्कनुभएका ३२ वर्षीय हमालले विदेशमा बगाएको पसिना आफ्नै जन्मभूमिमा बगाउने सङ्कल्प गरेर स्वदेशमै भैँसीपालन व्यवसाय थालिएको उल्लेख गर्नुभयो ।

“स्वदेशमा अनगिन्ती सम्भावना छन् तर त्यो नदेखी पहिला राहदानी बनाउन दौडन्छौँ”, उहाँले भन्नुभयो, “विदेशमा बगाउने पसिना, त्यहाँ गर्ने कडा मेहनतलाई आफ्नै ठाउँमा उपयोग गर्नसके व्यक्तिगत तथा समाजका लागि पनि ठूलो उपलब्धि हुने भएकाले पहिला सम्भावनाको खोजी स्वदेशमै गर्न युवा साथीहरुलाई सुझाव दिन्छु ।”फार्मलाई यसै वर्ष गण्डकी प्रदेश सरकारले रु १२ लाख अनुदान रकम उपलब्ध गराएको थियो । स्थानीय सरकारको रुपमा रहेको पुतलीबजार नगरपालिकाबाट पनि हामीजस्तै अन्य युवाको प्रोत्साहनका लागि कार्यक्रम ल्याउनु आवश्यक रहेको व्यवसायी हमालको भनाइ थियो ।

“हामीले सञ्चालन गरेको फार्म अवलोकनका लागि स्याङ्जा तथा आसपासका जिल्लाबाट समेत दैनिक दुई÷तीन व्यवसायीको टोली आउने गर्छन्”, उहाँले भन्नुभयो, “उहाँहरुका फार्म सञ्चालनका जिज्ञासा मेटाएर पठाउँछौँ । यहाँ अवलोकन गरेर फर्केपछि कतिपय युवाले त फार्म सञ्चालन गर्न शुरु गरिसकेका छन् ।” भैँसीपालन गर्ने सपनासहित विदेशबाट फर्केर थालनी गरेको यो व्यवसाय सफल हुँदै जाँदा सपना साकार भएकाले अहिले आफूहरु पूर्ण सन्तुष्ट रहेको व्यवसायी हमालको भनाइ थियो ।