६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कञ्चनपुरका सिंह गड्यौला मल उत्पादनमा आत्मनिर्भर, उच्च मागबीच विस्तारको लक्ष्य

कञ्चनपुरका सिंह गड्यौला मल उत्पादनमा आत्मनिर्भर, उच्च मागबीच विस्तारको लक्ष्य
अ+ अ-

काठमाडाैँ । कञ्चनपुरकाे भीमदत्त नगरपालिका-१९ बागफाँटाका ३९ वर्षीय महेशबहादुर सिंह व्यावसायिक गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्नुभएको छ ।

पाँच वर्षअघिसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राजनीतिमा सक्रिय रहनुभएका उहाँको परिचय पछिल्लो समय फेरिएको छ । छोटो समयमा उहाँ जैविक मल उत्पादन गर्ने किसानमा अग्रस्थानमा हुनुहुन्छ । राजनीतिप्रतिको वितृष्णा र राजनीतिभित्रको गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गर्दै राजनीतिबाट टाढिएको बताउँदै सिंहले पछिल्लो समय गाउँमा कृषि र उत्पादनमूलक क्षेत्रमा जोडिएर जीविकोपार्जनका विकल्प खोजिएको उल्लेख गर्नुभयो । डेढ वर्षअघिदेखि बागफाँटामा जमिन भाडामा लिएर गड्यौलाको मल उत्पादनमा जुट्नुभएका उहाँले अहिले किसानका मागअनुसार मल पु¥याउन नसकिरहेको बताउनुभयो ।

“धनगढी, डडेल्धुरा र स्थानीयस्तरमा गड्यौलाबाट बनेको मलको माग धेरै छ”, सिंहले भन्नुभयो, “गड्यौलाको मलको प्रयोग खेतीबारीको उर्वरशक्ति बढ्नुका साथै त्यसबाट उत्पादन हुने खाद्यान्न प्रयोग स्वास्थ्यका लागि पनि फाइदाजनक मानिएको छ ।” उहाँका अनुसार रु १५ लाख लगानी गरेर मल उत्पादनमा लाग्न सकिन्छ भने युवाका लागि मल उत्पादन रोजगारीको क्षेत्र बन्न सक्छ ।

“अहिले टनको हिसाबले मल उत्पादन गरेर किसानको माग पूरा गरिरहेको छु”, सिंहले भन्नुभयो, “विस्तार बढाउँदै मेट्रिकटनसम्म उत्पादन गर्ने लक्ष्य छ ।” प्रतिकिलो रु २५ देखि ३० मा मल बिक्री भइरहेको जनाउँदै उहाँले केराखेती किसान, नर्सरी, कौसी तरकारी उत्पादन, फलफूल उत्पादन किसान मलका लागि धेरै आउने गरेका बताउनुभयो ।

“गड्यौलाको मल प्रयोगले उत्पादन बढाउनुका साथै विषादीरहित उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “यसपाली मात्रै १०० क्विन्टल बिक्री भइसक्यो ।” उत्पादिन मल किसानको खेतसम्ममै पु¥याउँदै आएको उहाँले जानकारी दिनुभयो । रसायनमुक्त समाज निर्माण र गौशाला व्यवस्थापनमा जोड दिँदै आउनुभएका सिंहले बजार क्षेत्रबाट २५–३० वटा छाडा पशु लगेर गौशालासमेत सञ्चालन गरिरहनुभएको छ ।

“छाडा चौपायाबाट मल उत्पादन हुन्छ, उक्त मललाई पनि उचित व्यवस्थापन गर्दै आएको छु”, सिंहले भन्नुभयो, “गौशाला सञ्चालन समाजमा केही सुधारका काम आफैँबाट गरौँ भने लागेर यो प्रयास थालेको हो ।” आठ कट्ठा जमिन भाडामा लिएर वार्षिक रु ३० हजार तिर्ने गरेको सिंहले जानकारी दिनुभयो । “गहुँतबाट अघ्र्य र गोबरबाट दाउरा, धूप, दियो उत्पादन गर्ने लक्ष्य पनि छ”, उहाँले भन्नुभयो, “गड्यौलाको मलले माटोको उपचारसँगै उर्वराशक्ति बढाउछ ।”

धान जोन कार्यक्रमअन्तर्गत गड्यौला मल उत्पादन तालिम लिनुभएका सिंहले कृषिमा लाग्ने युवालाई सरकारले अनुदानसहित आवश्यक प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । कञ्चनपुरमा केही स्थानमा मात्रै गड्यौला मल उत्पादन हुने गरेको छ । रासायनिक मलभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताउँदै उहाँले रासायनिक मलले माटोको उर्वराशक्तिमा ह्रास ल्याउने र उत्पादन घट्दै जाने दाबी गर्नुभयो ।

कञ्चनपुरमा सुरुआती चरणमा रहेको गड्यौला मल उत्पादनलाई विस्तार गर्दै लैजानुपर्नेमा सिंहको जोड छ । “यस प्रकारका उत्पादन र व्यवसायमा लाग्नेप्रति लक्षित कार्यक्रम स्थानीय तहले पनि ल्याउन आवश्यक छ”, उहाँले भन्नुभयो, “कृषि प्रदान मुलुकमा किसान जहिल्यै पीडित हुनु हुँदैन । किसानलाई राहत, अनुदानलगायत कार्यक्रममार्फत सहज र प्रााविधिक कृषिमा प्ररित गर्नु जरुरी छ ।”