३१ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट अनुमोदनका लागि आज २ बजे मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अन्तिम स्वीकृतिका लागि सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। दिउँसो साढे २ बजे बस्ने बैठकले संसद्मा प्रस्तुत गरिने बजेट पारित गर्ने कार्यसूची रहेको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्बाट बजेट अनुमोदन भएपछि दिउँसो ४ बजे सिंहदरबारमा बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको झण्डै दुईतिहाइ बहुमतसहितको रास्वपा नेतृत्वको सरकारले पहिलोपटक पूर्ण बजेट ल्याउन लागेको हो। आर्थिक सुधार, विकास निर्माण, रोजगारी विस्तार तथा लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट आउने अपेक्षा गरिएको छ।

संसद्मा पेश गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट अनुमोदन गर्ने अभ्यासअनुसार सरकारले बजेटलाई अन्तिम रूप दिन आजको बैठकलाई महत्वपूर्ण मानिएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै