३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद



अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच आज साँझ टेलिफोन संवाद भएको छ ।

संवादका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकामा बधाई ज्ञापन गर्दै नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न अमेरिकी सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा मन्त्री खनालले बधाई सन्देशप्रति आभार व्यक्त गर्दै नेपाल सरकारको तर्फबाट नेपालको समग्र विकासमा निरन्तर सहयोगका लागि अमेरिकी सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले सुशासन तथा पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बारेमा बताउनुभएको थियो । उपविदेशमन्त्री हुकरले अमेरिकी सरकारको तर्फबाट नेपालको राष्ट्रिय विकास प्राथमिकताको प्रशंसा गर्दै उक्त प्रक्रियामा अमेरिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, उहाँहरूबीच नेपाल र अमेरिकाबीचको आठ दशक लामो सहकार्यपूर्ण सम्बन्धबारे पनि छलफल भएको थियो । साथै उहाँहरूले पारस्परिक हितका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । रासस