२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मत्स्यनारायण मन्दिरलाई राष्ट्रिय धार्मिक गन्तव्य बनाउन चन्द्रागिरी नगरपालिका सक्रिय



अ+ अ-

काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरलाई नगरपालिकाको नगर गौरव योजनाअन्तर्गत प्राथमिकतामा राख्दै बहुवर्षीय बजेटमार्फत विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभएको छ ।

बिहीवार ‘अधिकमासः भगवान विष्णुको पहिलो अवतार र मत्स्यनारायण मन्दिरको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आदिमकालदेखि चल्दै आएको धार्मिक एवं सांस्कृतिक परम्परालाई नगरपालिकाले विशेष महत्वका साथ अघि बढाइरहेको बताउनु भयो ।

उहाँले मत्स्यनारायण मसन्दरसँगै इन्द्रदह, विष्णुदेवी मन्दिरसहितका गौरवका योजनामा प्रत्येक वर्ष ७५ लाखदेखि १ करोड रुपैयाँसम्म बजेट विनियोजन हुँदै आएको छ । नगर प्रमुख गिरीले मन्दिरको भौतिक संरचना सुधार, जिर्णोद्धार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धार्मिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित नगरपालिकाले काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आदिमकालदेखि चलिरहेको यो परम्परालाई चन्द्रागिरी नगरपालिकाले विगत ९ वर्षदेखि विशेष महत्वको साथ हेरिरहेको छ । र नगरपालिकाको नगर गौरवको योजनामा समेत यस मन्दिरलाई पारिएको छ ।

नगर गौरवको आयोजनाहरु अरु दुई, तीन वटा पनि छ । त्यस्ता गौरवका योजनाहरुमा यन्द्रदह, विष्णुदेवी मन्दिर, मातृत्व मेला लगायत रहेका छन् ।

यी गौरवका योजनाहरुमा बहुबर्षीय योजना अन्तर्गत प्रत्येक वर्ष ७५ लाखदेखि १ करोड रुपैयाँसम्म विनियोजन गरिँदै आएको छ ।

नगरपालिकाले मत्स्यनारायण मन्दिरको भौतिक सुधार गर्ने र जिर्णोदार गर्ने काम गर्दै आइरहेका छौँ । यो मन्दिरलाई नेपालभरी नै प्रचलित गराउने योजनाअनुसार यहाँका सबै सरोकारवाला र नागरिकले अहोरात्र खटिरहनुभएको छ ।’

चन्द्रागिरी नगरपालिका–९ का वडाअध्यक्ष अच्युत अधिकारीले प्रचारप्रसार अभावका कारण मत्स्यनारायण मन्दिरमा अपेक्षाअनुसार भक्तजन आउन नसकेको बताउनुभयो ।

उहाँले भगवान विष्णुको पहिलो अवतारसँग जोडिएको यो स्थल पृथ्वीको पहिलो तीर्थस्थल हुनसक्ने दाबी गर्दै यसको धार्मिक महत्व अझ व्यापक रूपमा प्रचार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले अधिकमास मेला भएको समयमा भक्तजनहरु आउने गरेको भएपनि अन्य समयमा एकदमै न्युन संख्यामा भक्तजनहरु आउने गरेको उल्लेख गर्नुभयो ।

उहाँले गुठी संस्थानबाट पूजारीलाई अत्यन्त न्युन रकम उपलब्ध हुने गरेको भन्दै मन्दिर सञ्चालनमा आर्थिक चुनौती रहेको बताउनुभयो । एक महिनासम्म सञ्चालन हुने मेलामा चढ्ने भेटी पूजारी व्यवस्थापनमै प्रयोग गरिने वडाअध्यक्ष अधिकारीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले प्रचारप्रसार गर्न नसकेका कारण यो ठाउँमा अघिपछि भक्तजनहरु त्यति आउनुहुन्न । भगवान विष्णुको पहिलो अवतार भएको धर्तिकै यो पहिलो तीर्थस्थल हुनुपर्छ ।

यहाँ मत्स्यनारायण भगवानको अवतार भएको ठाउँ हो । यसको हामीले प्रचार प्रसार गर्न नसकेर चाँही केही समस्या भएको छ । अर्को कुरा यहाँका पूजारीहरुले समेत गुठी संस्थानले दिएको एकदमै थोरै पैसाले यहाँ पूजा चलाइरहनुभएको छ ।

यो एक महिनाको अवधीमा यो मन्दिरमा चढ्ने भेटी पूजारीलाई नै व्यवस्थापन गर्छौँ । मेला व्यवस्थापनको लागि नग।पालिकाले १० लाख रुपैयाँ विनियोजन गरिदिएको छ । साथै भक्तजनहरुको चन्दाको माध्यमबाट बाहिर अन्य मेलाको व्यवस्थापनको काम गरिरहेका छौँ ।’

उहाँले अधिकमास अर्थात पुरुषोत्तम मेला व्यवस्थापनका लागि नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको र सोही बजेटमार्फत व्यवस्थापन भइरहेको बताउनु भयो । यही जेठ ३ गतेदेखि लागेको मेला एक महिनासम्म चल्नेछ ।–न्युज एजेन्सी नेपाल