२७ भाद्र २०८३, शनिबार
,
Latest
नारायणगढ–मुग्लिङ सडकको शान्ति बजार क्षेत्रमा दुई घण्टामा आधा घण्टा मात्रै यातायात खुला चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार ५१ संस्थाको पुनर्निर्माण



अ+ अ-

आर्थिक सर्वेक्षण २०७२÷७३ अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका एक हजार १३६ स्वास्थ्य संस्थामध्ये २०८२ फागुनसम्म एक हजार ५१ संस्थाको पुनर्निर्माण सम्पन्न भएको छ ।

निजी आवास पुनर्निर्माणतर्फ २०८२ फागुनसम्म आठ लाख ३५ हजार १८५ लाभग्राहीको पहिचान गरिएकामध्ये आठ लाख ३४ हजार ३०३ लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन् ।

त्यसैगरी सात लाख ७० हजार ८३८ लाभग्राहीले दोस्रो किस्ता तथा सात लाख ४३ हजार ९८७ लाभग्राहीले अन्तिम किस्ता पाएका छन् । सर्वेक्षणअनुसार हालसम्म सात लाख ७३ हजार ९८७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ ।

यसैगरी जेनजी आन्दोलनबाट सहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्रका १२६ भवनमा सामान्य क्षति र १४४ भवनमा आंशिक वा पूर्णक्षति भएको थियो ।

क्षति भएका संरचनामध्ये सामान्य क्षतितर्फ ५८ संरचनाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ भने ६० संरचनाको निर्माण कार्य सुरु भइसकेको छ ।