२७ भाद्र २०८३, शनिबार
,
Latest
नारायणगढ–मुग्लिङ सडकको शान्ति बजार क्षेत्रमा दुई घण्टामा आधा घण्टा मात्रै यातायात खुला चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बकर इदमा ओलीको शुभकामना : विविधताबीचको एकता नै नेपालको शक्ति



अ+ अ-

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइमा बकर इदको शुभकामना व्यक्त गर्नुभएको छ ।

इदको शुभकामना व्यक्त गर्दै उहाँले “हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो यहाँका मन्दिरको शङ्खनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वर एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुञ्जिएका छन् । हाम्रो शक्ति यहाँका विविधताबीचको एकतामा छ । यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ”, भन्नुभएको छ ।