६ श्रावण २०८३, बुधबार
,
Latest
वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदप्रति उत्तरदायी बन्न सरकारलाई एमालेको आग्रह



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले वर्तमान सरकारलाई जनमतको सम्मान गर्दै संसदप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ ।

बुधवार संसद भवन परिसरमा बोल्दै विपक्षी बेन्चबाट रचनात्मक र सशक्त भुमिका निर्वाह गर्ने स्पष्ट पार्दै उहाँले सरकारका कामकारबाही संविधान र नियमावलीसम्मत हुनुपर्नेमा जोड दिनुभएको हो  ।

प्रमुख सचेतक महरले एमाले सधैँ विरोधका लागि विरोध गर्ने परम्पराको पक्षमा नरहेको उल्लेख गर्दै सरकारले जनहित र संविधान कार्यान्वयनमा गर्ने सकारात्मक कार्यलाई समर्थन गर्ने बताउनु भयो ।

यद्यपि, सरकारले संविधानभन्दा माथि रहने कोशिस गरेमा वा स्वेच्छाचारी र तानाशाही प्रवृत्ति देखाएमा सशक्त आलोचना गर्ने उहाँको भनाइ छ ।

प्रतिनिधि सभा नियमावली र संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री नियमित रूपमा संसद्मा उपस्थित भई सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने महरले बताउनु भयो । सत्तापक्षका मुख्य सचेतकले गरेको प्रतिवद्धताअनुसार प्रधानमन्त्री संसद्मा आउने विश्वासमा आफूहरूले सदनको कामकारबाही अघि बढाउन सहयोग गरेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रमुख सचेतक महरले मुलुकमा व्याप्त महँगी, बेरोजगारी र युवा पलायनजस्ता गम्भीर समस्या समाधानमा सरकार चुकेको आरोप लगाउनुभएको छ । पछिल्लो तीन महिनामा मात्रै तीन लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जानु दुःखद् रहेको भन्दै उहाँले राष्ट्रिय गौरवका आयोजना, उत्तर–दक्षिण कोरिडर र हुलाकी राजमार्ग जस्ता भौतिक पूर्वाधारको सुस्त गतिप्रति प्रश्न उठाउनु भयो




भर्खरै