२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले भूमि मिचेको विरोधमा रोल्पामा प्रदर्शन



अ+ अ-

रोल्पा । भारतले नेपाली भूमिलाई आफ्नो देशको नक्सामा गाभेको भन्दै रोल्पामा प्रदर्शन गरिएको छ । बिहीबार बिहान स्वस्फूर्त रुपमा विरोध प्रदर्शन गरिएको हो ।

रोल्पाली जागरुक समूहको व्यानरसहित पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, बुद्धिजीविले विरोध प्रदर्शन गरेका हुन् । नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा ‘गो व्याक इन्डिय’ को नारा समेत लगाएका थिए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग गरे ।

सीमा हस्तक्षेप हुँदै आएपनि भारतले नक्सामै नेपालीभूमि समेट्नु सार्वभौम राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको नागरिक समाजका अगुवा घनश्याम आचार्यले बताए ।