७ पुष २०८२, सोमबार
,
Latest
फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले भूमि मिचेको विरोधमा रोल्पामा प्रदर्शन



अ+ अ-

रोल्पा । भारतले नेपाली भूमिलाई आफ्नो देशको नक्सामा गाभेको भन्दै रोल्पामा प्रदर्शन गरिएको छ । बिहीबार बिहान स्वस्फूर्त रुपमा विरोध प्रदर्शन गरिएको हो ।

रोल्पाली जागरुक समूहको व्यानरसहित पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, बुद्धिजीविले विरोध प्रदर्शन गरेका हुन् । नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा ‘गो व्याक इन्डिय’ को नारा समेत लगाएका थिए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग गरे ।

सीमा हस्तक्षेप हुँदै आएपनि भारतले नक्सामै नेपालीभूमि समेट्नु सार्वभौम राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको नागरिक समाजका अगुवा घनश्याम आचार्यले बताए ।