५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ २३–२४ घटनाः आह्वानकर्ता, अभियन्ता तथा विभिन्न सार्वजनिक व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनामा मानव अधिकार उल्लंघनसम्बन्धी विषयमा गठन गरिएको अनुसन्धान समितिको प्रतिवेदनमा प्रदर्शनका आह्वानकर्ता, अभियन्ता तथा विभिन्न सार्वजनिक व्यक्तिहरुको भूमिकाबारे थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानिया, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, सुशिला कार्की, ओमप्रकाश अर्याल, गौरीबहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरव बराल, हिमानी राज्यलक्ष्मी सिंह र निशान मैनालीलगायत व्यक्तिहरुले प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा प्रदर्शनपछि विभिन्न अभिव्यक्ति दिएका थिए।

समितिले उनीहरुको सामाजिक सञ्जालमा भएका गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागबाट सङ्कलित विवरणका आधारमा ती व्यक्तिहरु प्रदर्शनसँग जोडिन सक्ने संकेत देखिएको उल्लेख गरेको छ।

प्रतिवेदनमा उनीहरुको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विषयमा विभिन्न कोणबाट टिप्पणी भएको जनाउँदै, भदौ २३ र २४ गतेका घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरुको संलग्नता रहे–नरहेको, अभिव्यक्तिबाट प्रदर्शनकारीमा कस्तो प्रभाव परेको थियो, सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेको थियो वा थिएन, तथा दुरुत्साहनको अवस्था सिर्जना भएको थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।