४ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता हटिसक्योः मन्त्री गौरी



अ+ अ-

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्यौलता हटेको दाबी गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले राखेका उक्त मन्त्रालय सम्बन्धि जिज्ञासाहरुको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री कुमारीले सरोकारवालाहरुसँगको नियमित समन्वयबाट सरकारले त्यस सम्बन्धमा देखिएको अन्यौलता हटाउने काम गरेको मन्त्री कुमारीको भनाई थियो ।

उहाँले एमआरपी र आयत नियमन सम्बन्धि कानूनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले आवश्यक कार्य योजना स्विकृत गरी आयात भएको बस्तुमा एमआरपी भएनभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार विभागलाई दिएको पनि संसदलाई जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो,‘उपभोक्ता हित सम्बन्धि ऐन, २०७५ मा  व्यवस्था भएअनुसार अधिकत खुद्रा मूल्य (एमआरपी) अनिवार्य कार्यान्वयन र सघन अनुगमन गर्ने भनिएको छ । एमआरपी र आयात नियमन सम्बन्धि कानूनको प्रभावकारी कार्यान्वयनको निम्ति मन्त्रालयबाट कार्ययोजना स्विकृत गरी आयात हुने बस्तुमा एमआरपी भए÷नभएको सुनिश्चित गर्ने जिम्मेवारी भन्सार भन्सार विभागलाई दिइएको छ । साथै यस विषयमा मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्ने गरेको जानकारी गराउन चाहन्छु । अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्ने सन्दर्भमा सुरुमा केही अन्यौल सृजना भएको भएपनि सरोकारवालासँगको नियमित समन्वयपछि यो विषय सामान्य बनेको जानकारी गराउन चाहन्छु ।’

मन्त्री कुमारीले सरकारले उपभोक्ता हित सम्बन्धि ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न पनि उचित व्यवस्था मिलाएको बताउनु भयो । उहाँले भारतमा चिया निर्यातमा देखिएको अवरोध पनि सरकारले हटाउन सफल भएको बताउनु भयो ।