११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा नेपालका परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारीकरण र भुक्तानीको अभावमा इलामका चिया तथा दुग्ध किसान मर्कामा



अ+ अ-

काठमाडाैँ । इलाममा सञ्चालित चिया तथा दुग्धजन्य उद्योगहरूले उचित बजारीकरणको अभाव झेल्नुपरेको भन्दै नेपाली काँग्रेसका सचेतक निश्कल राईले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उद्योगहरूको सङ्ख्या उल्लेख्य भएपनि किसान र उद्यमीले उत्पादनको तुलनात्मक प्रतिफल पाउन नसकेको उहाँले बताउनुभएको हो । इलामको औद्योगिक अवस्थाबारे जानकारी दिँदै सचेतक राईले त्यहाँ १५ भन्दा बढी चिया कारखाना, १५० भन्दा बढी छुर्पी उद्योग र सयौँको सङ्ख्यामा दुग्ध मिठाई (ललिपप) उद्योगहरू सञ्चालनमा रहेको उल्लेख गर्नुभयो ।

यति ठूलो सङ्ख्यामा उद्योगहरू भएपनि उत्पादित वस्तुको उचित व्यवस्थापन र बजार प्रवद्र्धन हुन नसक्दा किसान मर्कामा परेका छन् ।
विशेषगरी दुग्ध क्षेत्रमा देखिएको समस्याबारे बोल्दै उहाँले सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले नै किसानको भुक्तानी रोकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘डीडीसीकै तथ्याङ्कअनुसार किसानले साढे तीन महिनादेखिको भुक्तानी पाएका छैनन् । अहिले किसानले झन्डै ५० करोड रुपैयाँ पाउन बाँकी छ ।’

लामो समयसम्म उत्पादनको मूल्य नपाउँदा किसानहरूको दैनिक जनजीवन र व्यवसायिक चक्र नै प्रभावित भएको उहाँको भनाइ छ । भुक्तानी अभावका कारण व्यावसायिक पशुपालन गरिरहेका किसानलाई बैंकको किस्ता तिर्न र पशु आहार खरिद गर्न समेत धौ–धौ परेको राईले बताउनु भयो । उचित बजारीकरणको सुनिश्चितता र रोकिएको रकम तत्काल उपलब्ध गराई किसानको समस्या समाधान गर्न उहाँले माग गर्नुभएको छ ।