७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतद्वारा राजधानीमा नवनिर्मित मन्दिरको उद्घाटन



अ+ अ-

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले राजधानीको बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् । राजधानीको बुढानीलकण्ठ नगरपालिकामा रहेको सो नवनिर्मित मठाधीश मन्दिर काठमाडौं जिल्लाको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ ।

संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि बुढानीलकण्ठ मन्दिर ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राखेको पाईन्छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो । मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउने गरेका छन् । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहनेछ ।

भारत सरकारले २ करोड १८ लाख अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ । जिल्ला समन्वय समिति काठमाडौंले यस परियोजनालाई कार्यान्वयन गरेको हो ।

दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकोले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिएको छ । उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे ।