८ असार २०८३, सोमबार
,
Latest
मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतद्वारा राजधानीमा नवनिर्मित मन्दिरको उद्घाटन



अ+ अ-

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले राजधानीको बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् । राजधानीको बुढानीलकण्ठ नगरपालिकामा रहेको सो नवनिर्मित मठाधीश मन्दिर काठमाडौं जिल्लाको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ ।

संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि बुढानीलकण्ठ मन्दिर ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राखेको पाईन्छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो । मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउने गरेका छन् । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहनेछ ।

भारत सरकारले २ करोड १८ लाख अनुदान सहयोगमा निर्माण भएको नवनिर्मित यस तीन तल्ले भवनले मठाधीश तथा युवा भिक्षुहरुलाई आश्रय दिनेछ । जिल्ला समन्वय समिति काठमाडौंले यस परियोजनालाई कार्यान्वयन गरेको हो ।

दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकोले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिएको छ । उद्घाटन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरुको सहभागीता थियोे ।