६ श्रावण २०८३, बुधबार
,
Latest
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्र गतिका सवारी साधनका कारण दुर्घटनाको जोखिम बढेको भन्दै सांसद श्रेष्ठद्वारा संसदमा ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तिब्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । .

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद श्रेष्ठले ललितपुरको कार्यविनायक–नखु सडकखण्डमा भएको एक दुर्घटनाको उदाहरण दिँदै सुरक्षा चुनौतीबारे चर्चा गर्नुभयो ।

सांसद श्रेष्ठले निर्धारित गति सीमाभन्दा कैयौँ गुणा बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो । यस्ता सवारी साधनहरूको अवस्था जीर्ण हुने, टायर खिइएका हुने र ब्रेकले समेत राम्रोसँग काम नगर्ने हुँदा दुर्घटनाको जोखिम उच्च रहेको उहाँले बताउनु भयो ।

विशेष गरी बिहानको समयमा काठमाडौँ उपत्यका छिर्ने र भित्री सडकमा गुड्ने सवारी साधनहरूमा यो समस्या बढी देखिएको उहाँको दाबी छ । ट्राफिक प्रहरीले हालैका दिनमा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने र सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने कार्य सकारात्मक रहेको उल्लेख गर्दै उहाँले कार्यविनायक–नखु लगायतका क्षेत्रमा निगरानी बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नर्मल स्पिड लिमिट ३० किलोमिटर प्रतिघण्टा तोकिएको स्थानमा यस्ता हेभी लोड बोकेका सवारीहरू ८० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने गरेका छन् ।’

सांसद श्रेष्ठले सभामुखमार्फत सम्बन्धित निकायलाई तिब्र गतिका सवारी साधनलाई तत्काल नियन्त्रण गरी सडक सुरक्षा कायम गर्न आग्रह गर्नुभएको छ ।




भर्खरै