३१ श्रावण २०८३, आईतवार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १५औँ महाधिवेशन समयमै हुने : महामन्त्री घिमिरे



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन समयसीमाभित्र नै हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेकाले पार्टीलाई प्रतिस्पर्धी बनाउन सदस्यता अद्यावधिक गर्न लागेको जानकारी दिनुभयो ।

महामन्त्री घिमिरेले नेपाली कांग्रेसले पार्टीले सरकारको १००औँ दिनसम्मको कामको समीक्षा गरेर मात्र आफ्ना धारणा बनाउने बताउनुभयो ।

उहाँले वर्तमान सरकार जनताको हितमा काम गर्दै सदन र जनताप्रति जवाफदेही एवं उत्तरदायी बत्रुपर्ने सुझाव दिनुभयो । कार्यक्रम युनियनका मोरङका अध्यक्ष वेदराज पौडेलको अध्यक्षतामा भएको थियो ।