३१ श्रावण २०८३, आईतवार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका अस्पतालमा डायलासिस सेवा विस्तार गर्न सांसद खातुनको माग



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलासिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सिद्धिकीले राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभावका कारण बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

मेसिनको अभावले गर्दा बिरामीहरू उपचारका लागि काठमाडौँ आउनुपर्ने बाध्यता रहेको र यसले गर्दा उनीहरूमाथि ठूलो आर्थिक भार थपिएको उहाँले बताउनु भयो ।

उहाँले बिरामी र उनीहरूका परिवारको यो समस्यालाई मध्यनजर गर्दै देशभरका कुन–कुन अस्पतालमा मेसिनको आवश्यकता छ भन्नेबारे अध्ययन गर्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद सिद्धिकीले भन्नुभयो, ‘सेवा प्रवाह, नागरिकको भलाइ र अधिकारको संरक्षणको सन्दर्भमा मानव अधिकारको प्रत्याभूति हुनुपर्दछ । तर राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको कमीले बिरामीहरू आर्थिक समस्या झेल्दै काठमाडौं धाउनुपर्ने अवस्था छ ।’

उहाँले सभामुखमार्फत नेपाल सरकारलाई अनुरोध गर्दै उहाँले आगामी दिनमा देशका सबै अस्पतालहरूमा आवश्यकताअनुसार डायलासिस मेसिन उपलब्ध गराउन माग गर्नुभएको छ ।