२९ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा विद्यालय हिँडेका बालक बेपत्ता



अ+ अ-

काठमाडाैँ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन् ।

गौतम जेठ ७ गते बिहान करिब ६ः०० बजे घरबाट जलेश्वर नगरपालिका–२ मा अवस्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डि¬¬ङ स्कुल गएका थिए । गौतम यादव थरुवाही गाउँ बस्ने बुवा आशुतोष यादव र आमा पुनमाया यादवका छोरा हुन् ।

विद्यालय समय सकेर बालक गौतम घर नफर्केपछि परिवारजनले सोही दिन विद्यालयमा सम्पर्क गर्दा उनी विद्यालय नै नआएको विद्यालयबाट जवाफ आएको थियो ।

बुवा आशुतोष र आमा पुनमले आफ्नो छोरा विगत सात दिनदेखि बेपत्ता रहेको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेपछि उनी अपहरणमा परेको वा बेचिएको हुनसक्ने आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराउनुभएको छ ।