१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६५ जना उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा कूल ६५ जना उम्मेदवार
अ अ+ अ-

काठमाडाैंः निर्वाचन आयोगले तय गरेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम आजका लागि तय गरिएको थियो । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं २, प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं १ को १, दाङ निर्वाचन क्षेत्र नं ३ को २ र बागलुङ क्षेत्र नं २ को २ का लागि आज उम्मेदवारी दर्ता गराइएको हो ।

भक्तपुरमा उम्मेदवारी मनाेनयनका लागि नेका प्रवक्ता विश्व प्रकाश शर्मा समेत जुलुसमा सहभागी । तस्वीरः शर्माकाे ट्वीटरबाट

कास्की क्षेत्र नं २ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका नेकपाका सांसद रवीन्द्रप्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त भएको पदका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

आयोगका अनुसार उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेपाली काङ्ग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । सो निर्वाचन क्षेत्रमा कूल २२ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कास्की निर्वाचन क्षेत्र नं २ मा मंसिर १४ गते हुन लागेको उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार उम्मेदवारको मनोनयन पूर्व नेपाली काँग्रेसको ¥यालीमा सहभागी हुँदै काँग्रेस कार्यकर्ता । तस्वीरः वासुदेव पौडेल, रासस

आयोगका अनुसार स्वतन्त्रबाट कमल जंग, जमुना शर्मा सुनिलबहादुर कोइराला, उमानाथ गौतम, दीपक रेग्मी, रनबहादुर दमै, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, लक्ष्मीकुमारी भुजेल, सुनिल भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै काङ्ग्रेस (बिपी)का चन्द्रबहादुर रानाभाट, साझा पार्टीका रजनकी केसी, नेकपा(माले)का टेकनाथ भण्डारी, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का श्रीमती गङ्गा मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ । कूल २२ जनाको उम्मेदवारी परे पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी काङ्ग्रेसका उम्मेदवारबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनबारे जानकारी दिन निर्वाचन आयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया पत्रकारहरूका जिज्ञासाकाे जवाफ दिँदै । तस्वीर ः रत्न श्रेष्ठ, रासस

यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ का लागि पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गराएका छन् । आयोगका अनुसार नेकपाका तर्फबाट देवीप्रसाद ढकाल, काङ्ग्रेसका कृष्णला भडेल, नेपाल मजदूर किसान पार्टीका नीरज लवजूले उम्मेदारी दर्ता गराउनुभएको छ । यस्तै कृष्णप्रसाद ह्योगो, जीवन नेपाली, कृष्णराम पोतामाहा, अर्जुन कोजु, उत्तम साखकर्मी, राकेश सुवाल, सुमना कार्की, सङ्गीता पौडेल, जीवनचन्द्र अधिकारीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेकपा(माले)का सुदर्शन लामिछाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, काङ्ग्रेस (बिपी)का मधुसुदन न्यौपाने गरी कूल १९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

बागलुङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा नं २ का लागि कूल १० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, काङ्ग्रेसका जितबहादुर शेरचन, राप्रपा (संयुक्त)का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारीले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ । यस्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्ती स्वतन्त्र र मङ्गोल नेशनल अर्गनाइजेशनका तर्फबाट मित्रबहादुर मगरले उम्मेदवारी दिनुभएको छ ।

दाङको निर्वाचन क्षेत्र नं ३ को २ प्रदेशसभाका लागि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी कूल १४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सो निर्वाचन क्षेत्रमा नेकपाका तर्फबाट विमलाकुमारी ओली, काङ्ग्रेसका केशवराज शर्माले उम्मेदवारी दिनुभएको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल मजदूर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डागी, समाजवादी पार्टीका डिल्लीबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मङ्गोल नेशनल अर्गनाइजेशनका घनश्याम चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्रबहादुर खत्री, काङ्ग्रेस (बिपी)का दीपकुमार धितालले उम्मेदवारी दिनुभएको छ । त्यस्तै टीकाराम आचार्य, गोविन्द केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कास्की, भक्तपुर, बागलुङ र दाङमा मनोनयनपत्र दर्ता गराउने कार्यशान्तिपूर्ण एवं उल्लासमय वातावरणमा सम्पन्न भएको छ ।