४ असार २०८३, बिहीबार
,
Latest
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली हवाई आक्रमण: ७ जनाको मृत्यु



अ+ अ-

गाजा। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ।

तीमध्ये ५ जनाको ज्यान एउटा आक्रमणमै गएको बताइएको छ। यो घटना इजरायल र हमासबीच अक्टोबर १० देखि लागू भएको युद्धविरामका बीच पनि गाजामा जारी हिंसाको पछिल्लो उदाहरण हो।

हमासअन्तर्गत सञ्चालन हुने नागरिक सुरक्षा एजेन्सीले जारी गरेको वक्तव्यमा भनिएको छ कि पूर्वी अल–मघाजी क्षेत्रमा नागरिकहरूको समूहलाई लक्षित गर्दै गरिएको इजरायली ड्रोन आक्रमणपछि ५ जनाको शव र केही घाइतेलाई अस्पताल लगिएको थियो।

अल–अक्सा शहीद अस्पताल तथा एक प्यालेस्टिनी सुरक्षा स्रोतले पनि घटनाको पुष्टि गरेका छन्। इजरायली सेनाले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार मंगलबार बिहान केही सशस्त्र व्यक्ति अल–मघाजी शरणार्थी शिविरमा प्रवेश गरी एउटा घरमा जबर्जस्ती पसेका थिए। त्यसपछि स्थानीय बासिन्दाले ढुंगा र लाठी प्रयोग गरेर उनीहरूको विरोध गरेका थिए। सोही क्रममा इजरायली ड्रोनले आक्रमण गर्दा ५ स्थानीय बासिन्दाको मृत्यु भएको बताइएको छ।

ती सशस्त्र व्यक्तिहरू त्यसपछि इजरायली नियन्त्रणमा रहेको पूर्वी सीमाक्षेत्रतर्फ भागेको स्रोतले जनाएको छ। उनीहरूको पहिचान खुल्न सकेको छैन।

यद्यपि, हालका दिनहरूमा हमासविरोधी तथा इजरायल समर्थित भनिएका सशस्त्र समूह र स्थानीय बासिन्दाबीच यस्तै झडपका घटनाहरू दोहोरिँदै आएका छन्। (रासस/सिन्ह्वा)