१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री बालेन्द्र शाहले एक साताभित्र संसद् सम्बोधन गर्ने : बुर्लाकोटी



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले एक साताभित्र प्रतिनिधि सभालाई सम्बोधन गर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा कहिले सम्बोधन गर्ने भन्ने विषय उठाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक बुर्लाकोटीलाई बोल्ने समय दिएका थिए।

सभालाई सम्बोधन गर्दै बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालयसँग आफूले सम्पर्क गरेको जानकारी दिए। उनले विपक्षी सांसदहरूले उठाएको चासो सचिवालयसमक्ष राखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र संसद्मा उपस्थित भएर सम्बोधन गर्ने जानकारी प्राप्त भएको बताए।