५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन सकिँदैनः महानिर्देशक तिवारी



अ+ अ-

काठमाडाैँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताउनुभएको छ ।

मंगलवार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन प्रवद्र्धनको लागि प्रचारप्रसारभन्दा पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनु भयो ।

तिवारीले पर्यटन क्षेत्रमा आवश्यक पूर्वाधार र आकर्षक ‘प्रोडक्ट’ विकास गर्न सके पर्यटक स्वतः आउने दाबी गर्नुभयो । उहाँले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित बनाउँदै निकट भविष्यमे पर्यटकलाई भविष्यमा ‘युनिक आइडी’ दिने तयारी भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म पनि टुरिजम बोर्डको मेम्बर छु । हामीले प्रमोशन गरेर एक जना टुरिष्ट पनि थपिएको छैन । किनभने त्यस्तो क्वालिटीको कोही पनि पर्यटक नेपाल आएकै छैनन् । पर्यटनको लागि आवश्यक पूर्वाधार र उत्पादन भयो भने पर्यटक स्वंय आउने रहेछन् । यो निःशुल्क भिसा दिएर र प्रमोशन गरेर पर्यटक आउने भए अफगानिस्थानले भिसा नै नलिँदा पनि कोही जादैन, अमेरिकाले लाखौँ रुपैयाँ धरौटी राख्न भनेपनि तिरेकै छन् । किनभने त्यहाँ पर्यटकीय पूर्वाधार र प्रोडक्ट छ नि । तरपनि हामीले पर्यटकको लागि पनि दुई मिनेटको समय खर्चिएर भएपनि उनीहरुलाई इन्करेज गर्ने हो, हामीले गर्छौँ भनेकै छौँ । क्यूआर कोड उहाँहरुले भरेर हामीलाई सजिलो गराइदिने होइन । पछि हामी पर्यटकलाई युनिक आइडि दिने, म्यान्डेटरी गर्ने हो ।’

उहाँले काठमाडौं उपत्यकाका सबै होटेलहरुलाई विभागमा दर्ता गरी अनलाइनमै राख्ने तयारी भइरहेको बताउनु भयो ।