१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘सीमान्तकृत वर्गमा न्यायको पहुँच वृद्धि सरकारको प्राथमिकतामा’

‘सीमान्तकृत वर्गमा न्यायको पहुँच वृद्धि सरकारको प्राथमिकतामा’
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरूपमा विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोगलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

विश्व बैंक समूहले संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको कानुन, न्याय तथा विकास विषयको साप्ताहिक कार्यक्रममा सहभागी हुने सिलसिलामा त्यहाँ रहेका मन्त्री ढकालले उक्त बैंकका कानूनी मामिला हेर्ने वरिष्ठ उपाध्यक्ष स्याण्डी ओकोरोसँगको भेटमा नेपाल सरकारले हालै निर्माण गरेका मौलिक हक तथा सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानूनहरूको कार्यान्वयनमा सहयोग बढाउन आग्रह गरेका थिए ।

वासिङ्टनडिसीस्थित नेपाली दूतावासका अनुसार उपाध्यक्ष ओकोरोले आगामी वर्ष आफूले नेपालको भ्रमण गर्ने र नेपाल सरकारले कानून र न्यायको क्षेत्रमा निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए । भेटमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्याल सहभागी थिए ।