११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा नेपालका परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्शानी



अ+ अ-

काठमाडाैँ । झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठूलो क्षति पुगेको छ ।
विशेषगरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिसविघा लगायतका क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केरा खेतीमा हावाहुरीले नोक्शान पु¥याएको हो ।

स्थानीयकाअनुसार करिव ६० बिघा क्षेत्रफलमा लगाइएका केराका बोटहरू हावाहुरीले ढालेर नष्ट गरेको छ । यस प्राकृतिक विपद्बाट करिव ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उत्पादन बजार पठाउने तयारीमा रहेका बेला केरा खेती नष्ट भएपछि यस क्षेत्रका किसानहरू चिन्तित बनेका छन् ।

यसैबीच, क्षतिको वस्तुस्थितिबारे जानकारी लिन झापाका प्रमुख जिल्ला अधिकारीसहित गाउँपालिकाको प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । अनुगमन टोलीले क्षतिको विवरण संकलन गरिरहेको बताइएको छ ।