२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तिजन्य पदार्थमा करको दरमा व्यापक वृद्धि गरियोस्ः एमाले सांसद बराल



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सुर्तिजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेपालमा सुर्तिजन्य पदार्थबाट आक्रान्त भएका मानिसहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले त्यसलाई नियन्त्रण गर्नका लागि उक्त पदार्थमा सरकारले करको दर बढाउनुपर्ने बताउनुभएको हो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा शुन्य समय लिएर बोल्दै सांसद बरालले भारत र बंगलादेशमा पनि त्यस्ता वस्तुको करको दरमा व्यापक वृद्धि गरिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा बढाउन आवश्यक रहेको तर्क समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सुर्तिजन्य पदार्थबाट आक्रान्त भएका जनता नेपालमा ८५ लाखभन्दा बढी छन् । १४ देखि २४ वर्ष उमेर समूहका स्कुल र कलेजमा पढिरहेका युवा विद्यार्थीहरु मात्रै करिव ८ लाख यो लतमा फसेका छन सभामुख महोदय करिव ३९ हजार नागरिकहरु सुर्तिजन्य पदार्थबाट वार्षिक मृत्यवरण गरिरहेका छन । यसलाई न्युुनिकरण गर्ने अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा सुर्तिजन्य पदार्थको करको दर वृद्धि गरी नियन्त्रण गराउनुपर्ने देखिन्छ । डब्लुएचओले कर वृद्धि गरेर भएपनि सुर्तिजन्य बस्तुको सेवन नियन्त्रण गर्न अनुरोध गरेको छ । भारतमा ५८, बंगलादेशमा ७३ प्रतिशत यो कर लाग्ने गरेको छ । नेपालमा भने मात्रै ४० प्रतिशत छ । त्यस अर्थमा यसलाई नियन्त्रण गर्न सुर्तिजन्य पदार्थमा करको दर वृद्धि गरियोस् ।’

सांसद बरालले सरकारले सुर्तिजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न करको दर बढाउने कुरा नै सबैभन्दा प्रभावकारी कदम हुने समेत स्पष्ट पार्नुभयो ।