६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खाद्य विभागद्वारा कागेश्वरी मनोहराका पानी उद्योगमा अनुगमन, कैफियत देखिएपछि कारबाही

खाद्य विभागद्वारा कागेश्वरी मनोहराका पानी उद्योगमा अनुगमन, कैफियत देखिएपछि कारबाही
अ+ अ-

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बैशाख ३० गते कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका विभिन्न खाद्य तथा पानी उद्योगहरूमा अनुगमन निरीक्षण गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरेको छ।

अनुगमनका क्रममा कुल ४ वटा खाद्य व्यवसायमा निरीक्षण गरिएको विभागले जनाएको छ। निरीक्षणका क्रममा विभिन्न उद्योगहरूमा सरसफाइको कमी, मापदण्ड विपरीत सञ्चालन, पुराना तथा कुच्चिएका जारहरूको प्रयोग, संरचनागत कमजोरी तथा अनुमति पत्र नवीकरण नगरेको जस्ता कैफियतहरू भेटिएका थिए।

भद्रकाली पानी उद्योगमा ४१ वटा पुराना तथा कुच्चिएका जार फेला परेका थिए, जसलाई नष्ट गरिएको छ। साथै, उद्योग परिसर वर्षायाममा पानी जम्ने खालको रहेको, जार भर्ने कक्ष बाहिर टायल फुटेको र मर्मत आवश्यक रहेको पाइएको छ। पानीको नमुना प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको विभागले जनाएको छ।

त्यस्तै, सिद्धकाली अक्वा पानी उद्योगमा १६ वटा कुच्चिएका जार फेला परेका थिए, जसलाई नष्ट गरिएको छ।

मनोहरा फुड एण्ड वेभरेज प्रा.लि.मा UV लाइट पानी भर्ने स्थानको ठीक अगाडि नराखिएको, एउटै कक्षमा जार पखाल्ने र भर्ने कार्य भइरहेको तथा सरसफाइको अवस्था सामान्य रहेको पाइएको छ। त्यहाँ १९ वटा पुराना तथा कुच्चिएका जार नष्ट गरिएको छ भने कक्ष व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ। सो उद्योगबाट पनि पानीको नमुना संकलन गरिएको छ।

ओसियन ड्रिडिङ वाटर इण्डष्ट्रिजमा भने खाद्य अनुमतिपत्र नवीकरण नगरेको, जारहरू फुटेको तथा प्वाल परेको अवस्थामा रहेको, पाइपलाइन बिग्रिएको र अन्य उद्योगका जार प्रयोग भएको पाइएको छ। सो उद्योगबाट ७३ वटा जार नष्ट गरिएको छ र देखिएका कैफियत सुधार गरी ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। यस उद्योगबाट पनि पानीको नमुना परीक्षणका लागि संकलन गरिएको छ।

विभागले अनुगमनका क्रममा देखिएका सबै कैफियत सुधार गर्न निर्देशन दिँदै खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।