६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

त्रिभूवन विमानस्थलमा नेपाली उत्पादनका वस्तुहरुको विक्री वितरणलाई विशेष व्यवस्था गरियोस्ः सांसद श्रेष्ठ

त्रिभूवन विमानस्थलमा नेपाली उत्पादनका वस्तुहरुको विक्री वितरणलाई विशेष व्यवस्था गरियोस्ः सांसद श्रेष्ठ
अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पसलहरुमा अनिवार्य रुपमा नेपाल वस्तुहरुको विक्री वितरणका हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

विमानस्थलबाट दैनिक हजारौँ यात्रुहरु नेपालबाट बाहिर जाने भएकाले उनीहरुलाई नेपाली स्वाद, नेपाली पहिचान विश्वभर दिलाउनका लागि पनि सरकारले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुलाई त्यहाँ प्राथमिकताका साथ विक्रीका लागि राख्न आवश्यक हुने उहाँको तर्क थियो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद  श्रेष्ठलेल सरकारले घरेलु तथा साना उद्योग र स्वदेशी वस्तुहरुको प्रवद्र्धनका लागि उक्त विमानस्थललाई उपयोग गर्नुपर्नेमा पनि जोड दिनु भयो ।

सांसद श्रेष्ठले भन्नुभयो,‘हाम्रो त्रिभूवन विमानस्थलमा नेपाल चिनाउने स्वाद, हस्तकला र मेड इन नेपालको उपस्थिति अझै कमजोर देखिन्छ । दैनिक हजारौ यात्रु नेपालबाट प्रस्थान गरिरहँदा स्थानीय उत्पादनमा स्वाद बोकेर पठाउन सक्नु नेपालको पहिचान विश्वसामू पु¥याउने एक अवसर हो । म सरकार र टिआइए व्यवस्थालाई आग्रह गर्न चाहन्छु विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा अनिवार्य रुपमा नेपाली उत्पादनका डेडिकेटेड सेक्शन व्यवस्था गरियोस । विशेष गरी साना र स्वदेशी उद्यमीहरुलाई प्राथमिकता दिइयोस । मेडइन नेपाललाई विश्वभर फैल्याउनका लागि यो कदम प्रभावकारी हुन सक्छ ।’

सांसद श्रेष्ठले नेपालको पहिचान विश्वमाझ चिनाउन पनि नेपाली वस्तुहरुको विश्व बजारमा पहँुच पु¥याउन आवश्यक रहेको बताउनु भयो ।