४ असार २०८३, बिहीबार
,
Latest
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र दिवसका लागि काठमाडौं महानगरको तयारी तीव्र, मञ्च सजावटदेखि सुरक्षा व्यवस्थासम्म जिम्मेवारी बाँडफाँड



अ+ अ-

काठमाडौं । गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाडौँ महानगरपालिकाले मञ्च सवाजट तथा कार्यक्रम व्यवस्थापनको तयारी सुरु गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा बसेको मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमितिको बैठक बसेर तयारीका लागि कामको जिम्मेवारी बाँडफाँड गरेको छ ।

वैठकले, मूल समारोहमा झाँकी प्रदर्शनको व्यवस्थापन सम्पदा तथा पर्यटन विभागले गर्ने, कार्यक्रम स्थल वरिपरि, प्याराफिटको सरसफाइ, शौचालयको व्यवस्थापन काम वातावरण व्यवस्थापन विभागले गर्ने, कुर्सी, फूल, सजावटका सामान तथा सजावटको काम, पिउने पानी, विशिष्ट व्यक्तित्वका लागि आवश्यक सामानको व्यवस्थापन जिन्सी शाखाले गर्नेछ । हेलिकोप्टरबाट प्रदर्शन गरिने गणतन्त्र दिवस २०८३ लेखिएको ३४ मिटर लामो व्यानर, पुष्पवृष्टिका लागि फूल, प्याराफिटका दुवै तर्फ राखिने गणतन्त्र दिवस २०८३ लेखिएका १७ मिटर लम्बाईका २ थान कपडा व्यानर शाखाले नेपाली सेनालाई उपलब्ध गराउनेछ ।

शाखाले ८ जोडी परेवा, ५ सय वटा वेलुन, फूल र बुकेको व्यवस्था र मञ्च सजावटको काम गर्नेछ । १४ गते बेलुका माइतीघर मण्डलामा हुने दीप प्रज्वलनको व्यवस्थापन पनि शाखाले गर्नेछ ।
स्वास्थ्य विभागले प्राथमिक उपचार उपचारकाको व्यवस्था गर्नेछ । आकस्मिक उपचारका लागि एम्बुलेन्स तैनाथ राख्नेछ । विपद व्यवस्थापन विभागले कार्यक्रम स्थलमा दमकल तैनाथ राख्नेछ ।

उपसमितिको बैठकमा जङ्गी अड्डा समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी पङ्कज पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बालनरसिंह राणा, संघीय संसद सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजन इञ्जिनियर गणेश कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, महानगरपालिकाका प्रशासन, विपद व्यवस्थापन, स्वास्थ्य, सम्पदा तथा पर्यटन, महानगर प्रहरी बलका प्रमुखहरु, महाशाखा प्रमुखहरु, ललितपुर महानगरपालिका सहित स्थानीय तहका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो ।