• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल

उम्मेदवारका आ–आफ्नै दाबी



बाँके । कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि रिक्त रहेको सो वडामा आगामी मङ्सिर १४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । तीन दलले आफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । मनोनयन दर्ता हुँदासम्म अन्य साना दलले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार छनोट गरिसकेका छन् । नेकपाबाट रामशरण थारू, काङ्ग्रेसबाट श्रीकृष्ण थारू र राप्रपाबाट पत्रकारसमेत रहनुभएका श्रीधर सुवेदी उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ । उम्मेदवारी टुङ्ग्याइसक्दा यी तीनवटै दल अझै भड्किलो प्रचारमा भने उत्रिएका छैनन् ।

उम्मेदवार छनोट गरिसकेका तीन दलले आन्तरिक प्रचारलाई भने तीव्र बनाएका छन् । उम्मेदवारले मतदातासँग व्यक्तिगत भेटघाट गरिरहेका जनाइउको छ । नेकपाका उम्मेदवार रामशरणले अहिले व्यक्तिगतरुपमा भेटघाट चलिरहेको बताउनुभयो । काङ्ग्रेस उम्मेदवार श्रीकृष्णले भन्नुभयो, “अहिले व्यक्तिगत गरिरहेको छु, मनोनयनपछि सामूहिकरूपमा भेटघाटका कार्यक्रम तय गरेका छौँ ।” नेकपा र काङ्ग्रेसका उम्मेदवारजस्तै राप्रपाका उम्मदवार पनि मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

नेकपाका उम्मेदवार रामशरणले गत निर्र्वाचनमा तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले ल्याएको मतअनुसार नेकपा अगाडि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत निर्वाचनको मत परिणाम हेर्ने हो भने हामी अहिले धेरै अगाडि छौँ, हाम्रो जीत सुनिश्चित छ ।”

यसअघि सहजै निर्वाचन जितेको क्षेत्रमा अहिले पनि आफू सुरक्षित रहेको काङ्ग्रेस उम्मेदवार श्रीकृष्णको दाबी छ । प्रमुख दुई दलले थारू समुदायबाट उम्मेदवार बनाएपछि थारू मत विभाजित हुने र आफूले निर्वाचन जित्ने राप्रपाका उम्मेदवार सुवेदीको दाबी छ ।

यस्तै उक्त वडामा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि दुई हजार २६ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा एक हजार ९६४ मतदाता रहेकामा हाल बढेर मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नं ६ को उपनिर्वाचनमा एउटा मतदानस्थल हुनेछ भने दुई मतदान केन्द्र तोकिएका छन् ।

पहिलो मतदान केन्द्रमा एक हजार २६ र दोस्रो मतदान केन्द्रमा एक हजार मतदाताले मतदान गर्ने उहाँले बताउनुभयो । सो वडामा कूल जनसङ्ख्या तीन हजार १५२ छ । यस जिल्लामा एउटा पदका लागि मात्र हुने उपनिर्वाचनको तयारीका लागि कोहलपुर नगर विकास समितिको कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १४ गते हुने कोहलपुर नगरपालिका–६ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी मुख्य निर्वाचन अधिकृत तोकिनुभएको छ ।