६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

 डेरी एसोसिएसनद्वारा विश्व दुग्ध दिवस २०२६ का लागि सप्ताहव्यापी कार्यक्रम घोषणा, दुग्ध क्षेत्रलाई ग्रामीण समृद्धिको आधार बनाउन जोड

 डेरी एसोसिएसनद्वारा विश्व दुग्ध दिवस २०२६ का लागि सप्ताहव्यापी कार्यक्रम घोषणा, दुग्ध क्षेत्रलाई ग्रामीण समृद्धिको आधार बनाउन जोड
अ+ अ-

काठमाडौं । नेपाल डेरी एसोसिएसनले विश्व दुग्ध दिवस २०२६ को अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ। एसोसिएसनले आज पाेखारामा पत्रकार सम्मेलन गर्दै दुग्ध क्षेत्रको दिगो विकास, किसान–उद्योग समन्वय र उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउने उद्देश्यसहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने जनाएको हो।

वि.सं. २०५५ सालमा स्थापना भएको नेपाल डेरी एसोसिएसन देशभरका साना, मझौला, ठूला तथा घरेलु डेरी उद्योगहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय छाता संगठन हो। संस्थामा सातै प्रदेशका २५ जिल्लामा फैलिएका करिब ३०० भन्दा बढी डेरी उद्योगहरू आवद्ध रहेका छन्। डेरी उद्योगीहरूको हकहित संरक्षण, नीति–सम्बन्धी विषयमा सरोकारवाला निकायसँग समन्वय तथा संवाद गर्दै आएको एसोसिएसन हाल २७ वर्ष पूरा गरी २८औँ वर्षमा प्रवेश गरेको जनाएको छ।

एसोसिएसनका अनुसार नेपालमा दुग्ध क्षेत्र कृषि अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेको छ। दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुनेमध्ये करिब ३१ लाख लिटर दूध मात्र बजारमा प्रवेश गर्ने गरेको छ। बजारमा आउने दूधमध्ये करिब १७ प्रतिशत औपचारिक (लेबलयुक्त तथा प्याकेजयुक्त) रूपमा बिक्री हुने गरेको र बाँकी ठूलो हिस्सा अनौपचारिक बजारमा कारोबार हुने गरेको उल्लेख गरिएको छ। अझै पनि करिब ५० प्रतिशत दूध बजारसम्म नआएको भन्दै त्यसलाई औपचारिक प्रणालीमा ल्याउनु मुख्य चुनौती रहेको एसोसिएसनले जनाएको छ।

दुग्ध क्षेत्रमा निजी क्षेत्रमार्फत करिब ५० हजार प्रत्यक्ष रोजगारी सिर्जना भएको तथा अनौपचारिक क्षेत्रमा पनि समानान्तर रोजगारी रहेको अनुमान गरिएको छ। यस क्षेत्रमा करिब ६ लाख किसान परिवार प्रत्यक्ष रूपमा आश्रित रहेको र निजी डेरी क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ लगानी रहेको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ। दैनिक कारोबार करिब २० करोड रुपैयाँभन्दा बढी रहेको र ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा दैनिक ठूलो मात्रामा आर्थिक प्रवाह हुने गरेको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालकाे दाबी छ ।

एसोसिएसनले दुग्ध क्षेत्रले ग्रामीण स्वरोजगार, किसानको आय वृद्धि, गरिबी न्यूनीकरण, पोषण सुरक्षा तथा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ। नेपालमा व्यवस्थित रूपमा डेरी उद्योगको सुरुवात वि.सं. २००९ सालमा काभ्रेपलाञ्चोकको नालाबाट भएको मानिन्छ।

यसैबीच, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले सन् २००१ देखि जुन १ लाई विश्व दुग्ध दिवसका रूपमा मनाउँदै आएको छ। सो अवसरमा विश्वभर १०० भन्दा बढी देशमा जनचेतनामूलक कार्यक्रम, विद्यालय गतिविधि र स्वास्थ्य अभियान सञ्चालन हुँदै आएका छन्। संगठनका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिसको जीविका दुग्ध क्षेत्रमा निर्भर रहेको र अर्बौं मानिसले दुग्धजन्य पदार्थ उपभोग गर्ने गरेका छन्।

नेपालमा पनि विगत दुई दशकभन्दा बढी समयदेखि विभिन्न सरकारी, निजी तथा सहकारी संस्थाहरूको सहभागितामा विश्व दुग्ध दिवस मनाइँदै आएको छ। कृषि प्रधान देश नेपालमा दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्र, महिला किसानको सशक्तीकरण र पोषण सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको एसोसिएसनको भनाइ छ।

यस वर्ष विश्व दुग्ध दिवस २०२६ को अन्तर्राष्ट्रिय नारा महिला किसानहरूको उत्सव रहेको छ भने राष्ट्रिय नारा “दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” तय गरिएको छ।

नेपाल डेरी एसोसिएसनका अनुसार जेठ १२ गते पोखरामा पत्रकार सम्मेलन, जेठ १३ गते काठमाडौंमा विद्यालयस्तरीय कविता प्रतियोगिता, जेठ १४ गते उपभोक्ता सचेतना कार्यक्रम, र जेठ १८ गते ललितपुरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा मुख्य कार्यक्रम सञ्चालन गरिनेछ। साथै जेठ १५ देखि १८ गतेसम्म सातै प्रदेशमा विविध जनचेतनामूलक तथा प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिने पनि जनाइएको छ।