६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने



अ+ अ-

काठमाडाैँ । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सार्वजनिक सूचना जारी गर्दै ग्यालेक्सी टेलिभिजनमा रहेका सामान सम्बन्धित पक्षले समयमै नलगिए लिलाम प्रक्रियामा जाने जनाएको छ।

महानगरपालिकाको कानून तथा मानव अधिकार विभागले सोमबार सूचना जारी गर्दै काठमाडौं महानगरपालिका वडा नं. ३ निवासी मृगेन्द्र प्रसाद मिश्रले दायर गरेको घरभाडा असुल तथा घरजग्गा खाली गराउने मुद्दामा यसअघि न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन भइसकेको जनाएको हो।

सूचनाअनुसार काठमाडौं महानगरपालिका न्यायिक समितिले २०८१ कात्तिक १४ गते प्रतिवादी गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु राईबाट बहाल रकम र बहाल कर असुल गरी घरजग्गा खाली गराउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न २०८२ साउन २८ गते उच्च अदालत पाटनले दुई महिनाभित्र कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो।

अदालतको आदेशअनुसार महानगरपालिकाले २०८२ कात्तिक १४ गते डोर खटाई निर्णय कार्यान्वयन गरिसकेको जनाएको छ।

निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि वादी मृगेन्द्र मिश्रले ग्यालेक्सी टेलिभिजनमा रहेका सामान लिलाम गरिपाऊँ भनी २०८३ वैशाख २१ गते निवेदन दिएका थिए। सोही आधारमा महानगरले अन्तिम सूचना जारी गरेको जनाएको छ।

महानगरले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बाँकी बहाल रकम बुझाई आफ्नो सामान लगेका खण्डमा थप कारबाही नहुने जनाएको छ। अन्यथा निर्धारित समयभित्र सामान नलगिए काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम सामान लिलाम प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।