७ पुष २०८२, सोमबार
,
Latest
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलम प्रकरण : सशस्त्र प्रहरीका एसपी खोज्न प्रहरीले गुहार्यो मुख्यालय



अ+ अ-

काठमाडौं । १२ बर्ष अघि रौतहटका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी रामकृष्ण लामालाई खोज्न जिल्ला प्रहरी कार्यालय, रौतहटले प्रहरी प्रधान कार्यालयसँग सहयोग मागेको छ । बम विस्फोटका घाइतेलाई जिउँदै जलाएको भनिएको समयमा तत्कालिन एसपी लामाको बयान लिनु पर्ने भए पनि उनी नभेटिएपछि सहयोग गरिदिन भन्दै प्रधान कार्यालयमा पत्राचार गरिएको हो ।

अनुसन्धान अधिकृतको पत्राचार अनुसार प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै इकाइहरुमा लामालाई खोज्न सहयोग गर्नू भनी पत्राचार गरेको एक उच्च प्रहरी अधिकृतले अनलाइनखबरसँग भने ।

२०६४ चैत २७ गते बम विस्फोटमा परी घाइते भएकालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको आरोपमा नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमलगायतविरुद्ध अदालतमा मुद्दा दायर छ ।

प्रहरीका अनुसार पत्रपछि इन्टरपोल नेपालसँग पनि सहयोग मागिएको छ । तर, लामालाई मुद्दामा प्रतिवादी नबनाएकाले इन्टरपोलबाट कुनै प्रकृतिको नोटिस जारी हुने सम्भावना भने नरहेको इन्टपोलका एक अधिकृतले बताए ।