२७ भाद्र २०८३, शनिबार
,
Latest
‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब्राहम सम्झौताको म्याद थप्नुपर्नेमा राष्ट्रपति ट्रम्पको जोड



डोनाल्ड ट्रम्प
अ+ अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यपूर्वको जटिल परिस्थिति र इरानसँगको वार्ताबीच अब्राहम सम्झौताको म्याद थप्नु समयको आवश्यकता भएको बताउनुभएको छ।

इरानसँग आणविक र कूटनीतिक वार्ताका विषयमा अन्तर्राष्ट्रिय छलफल तीव्र भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो । उहाँले इरानसँगको सम्झौताले यस क्षेत्रको बृहत् शान्तिको ढाँचालाई बलियो बनाएमा मात्र यो अर्थपूर्ण हुने बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढेको बताउँदै कि त इरानसँग बृहत् सम्झौता हुनेछ वा सम्झौता नै हुनेछैन।”

उहाँले स्थायी युद्धविरामका लागि भएको सम्झौताका लागि कुनै पनि समस्या आएमा मध्यपूर्व क्षेत्रमा तनाव र द्वन्द्व थप बढ्न सक्छ भन्नुभएको छ।

अब्राहम सम्झौताका लागि आग्रह

राष्ट्रपति ट्रम्पले विज्ञप्तिमा भन्नुभएको छ, “साउदी अरब, कतार, युएई, पाकिस्तान, टर्कीए, इजिप्ट, जोर्डन र बहराइनजस्ता देशलाई अब्राहम सम्झौताको हिस्सा बन्न अपिल गर्नुभएको छ।

उहाँले अब्राहम सम्झौतालाई क्षेत्रीय शान्ति र आर्थिक विकासको सफल नमूनाको रूपमा वर्णन गर्नुभएको छ । यससम्बन्धमा राष्ट्रपति ट्रम्पले साउदी अरब, युएई, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनका शीर्ष नेताहरूसँग विभिन्न चरणमा फोनमा कुराकानी गरेको दाबी गर्नुभएको छ। यो सम्झौताले कूटनीतिक रुपमा मात्र नभई आर्थिक र सामाजिक रुपमा समेत ऐतिहासिक परिवर्तन ल्याउन सक्ने उहाँको भनाइ छ ।

राष्ट्रपति ट्रम्पले इरानले सम्झौता गरेमा भविष्यमा तेहरानलाई पनि अब्राहम सम्झौतामा समावेश गर्न सकिने सङ्केत दिनुभएको छ । यसले पश्चिम एसियाको स्थिरता, शक्ति र आर्थिक विकासलाई नयाँ दिशा दिन सक्ने उहाँको दाबी छ । तर, अब्राहम सम्झौताबारे सम्बन्धित देशबाट भने कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । रासस