७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलोचनाको केन्द्रमा रहेका प्रधानमन्त्रीका सल्लाहकारहरु हट्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सल्लाहकार एवं सदस्यले राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेको बताइएको छ । सचिवालयका एक सदस्यको भनाईमा मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागिएको हो ।

विष्णु रिमाल, राजन भट्टराइ र कुन्दन अर्याल

आलोचनाको केन्द्रमा रहेका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने छन् ।

मुख्य सल्लाहकारहरुले प्रधानमन्त्रीलाई गुमराहमा राखेको, अनावश्यक विवादमा तानेको तथा प्रमसँगको जनसम्पर्क कुंठित बनाएको आरोप लाग्दै आएको छ ।