६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई दूधको रकम भुक्तानी तीव्र, दैनिक १ करोड भुक्तानी हुँदै, दुई दिनमा एक महिनाको भुक्तानी हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भैरहेको छ ।

पछिल्लो चार महिनाकोे करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसेको छ, भने एक महिनाको रकम आउँदो १३ गते भित्र भुक्तानी गर्ने तयारी छ ।

डीडीसीको हाल दैनिक करिब १ करोड रुपैयाँको कारोबार भैरहेको छ भने, सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भैरहेको छ । बाँकी रहेको रकम करिब ४६ करोड रुपैयाँ २ महिनामा भुक्तानी हुने गरि कार्यभैरहेको छ ।

दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले बताउनुभएको छ ।

दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ ।