४ असार २०८३, बिहीबार
,
Latest
सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग सांसद लामाको मागः तत्काल कानून व्यवसायीहरुको सेवा शुल्क निर्धारण गरियोस्



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले कानून व्यवसायीहरुको पनि सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले उक्त माग गर्नुभएको हो ।

न्यायका लागि सेवा शुल्क अति महंगो भएकाले सरकारले कानून व्यवसायीहरुको सेवा शुल्क निर्धारण हुनेगरी तत्काल कानून निर्माण गर्न आवश्यक रहेको सांसद लामाको तर्क थियो ।

त्यसैगरी उहाँले कानून व्यवसायीहरुले पनि सेवा शुल्क बापत कर दिनुपर्ने अनिवार्य व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद लामाले राष्ट्रिय निकुञ्ज आसपासका नागरिकलाई दुःख दिने खालका सबै कानून खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘कानून सर्वसुलभ हुनुप¥यो । कानून महंगो हुनु भएन । सर्वसाधारणले पनि न्यायका लागि लडन सक्ने हुनुप¥यो । त्यसका लागि सरकारले उहाँहरुको पारिश्रमिक पनि निर्धारण गर्नु प¥यो र उहाँहरुले पनि कर तिर्ने व्यवस्था हुनुप¥यो । सबैले कर तिर्नुपर्दछ भने उहाँहरुले पनि तिर्नु पर्दछ । राष्ट्रिय निकुञ्ज वरिपरीको जुन बस्ती छ । त्यहाँ बफरजोन भनेर लागू गरिएको छ । यसले प्रभावित क्षेत्रका किसानहरुलाई असाध्यै दुख दिएको छ । वन्यजन्तुहरुलाई संरक्षण गर्नु पर्दछ । तर यहाँ वन्यजन्तुको जीवन भन्दा पनि मानवको जीवनलाई सस्तो बनाइएको छ । वन्यजन्तु आएर आक्रमण ग¥यो भने फोटो खिचेर इभिडेन्स बुझाउनु भन्नु हुन्छ । यस्तो अवस्थामा फोटो खिच्न भ्याईदैन नि । फेरी कसले क्यामेरा लिएको बसेको हुन्छ र ? अनि झुटा मुद्धा लगाउनेहरुलाई पनि कानूनी दायरामा ल्याउनु पर्दछ ।’

सांसद लामाले झूटा मुद्दा लगाउने माथि पनि कारबाही हुने गरी कानून व्यवस्था पनि सरकारले गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।




भर्खरै