२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाग्मतीमा विपद् राहत वितरणमा अनुगमन कमजोर, महालेखाले उठ्यो प्रश्न



अ+ अ-

काठमाडौं । बाग्मती प्रदेश सरकारको कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यक्रम प्रभावकारी अनुगमन र पारदर्शिताविनै सञ्चालन भएको पाइएको छ । महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३ अनुसार राहत वितरणपछि क्षति पुनःस्थापना, व्यवसायिक निरन्तरता तथा कृषि बीमाबाट दोहोरो सुविधा लिएको वा नलिएको विषयमा मन्त्रालयले अनुगमन तथा मूल्याङ्कन नगरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई राहत वितरण कार्यविधि, २०७९ बमोजिम प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट प्रभावित कृषकलाई राहत उपलब्ध गराउने व्यवस्था रहेको छ । सोही कार्यक्रमअन्तर्गत चालु वर्ष ४५ वटा पशुपन्छी फर्म, कृषक समूह तथा कृषकलाई रु. ६१ लाख ३७ हजार राहत वितरण गरिएको छ । त्यस्तै ३०१ कृषक, कृषि समूह तथा कृषि फर्मलाई रु. ६० लाख ७४ हजार प्रदान गरिएको छ । यसरी कुल रु. १ करोड २२ लाख ११ हजार राहत रकम वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षकले राहत वितरणपछि उक्त रकमबाट क्षति पुनःस्थापना भए/नभएको, व्यवसाय निरन्तर सञ्चालनमा आएको वा नआएको तथा कृषि बीमाबाट समेत रकम प्राप्त गरी दोहोरो सुविधा लिएको अवस्था सम्बन्धमा मन्त्रालयले अनुगमन नगरेको औँल्याएको छ ।

प्रतिवेदनमा सार्वजनिक खर्चको पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन राहत प्राप्त गर्ने कृषकको नाम, ठेगाना, अनुदानको प्रकार र वितरण गरिएको रकम सार्वजनिक गर्नुपर्ने सुझाव दिइएको छ ।