४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरका आधारभूत सेवा राजनीतिक मुद्दा नबनाउन सभामुख अर्यालको आग्रह



अ+ अ-

काठमाडौं । काठमाडाैँकाे नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्वाधार विकासलाई राजनीतिक विषय बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले सडक, खानेपानीलगायतका आधारभूत पूर्वाधारका विषयमा अनावश्यक राजनीतिकरण हुँदा विकासको गति प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले विगतका सरकारहरूले जनताको आवश्यकताअनुसार प्रभावकारी काम गर्न सकेको भए राजधानीमै अझै पनि आधारभूत सेवा सुविधाका विषयमा छलफल गर्नुपर्ने अवस्था नआउने बताउनुभयो।

सभामुख अर्यालले नयाँ सरकार तथा ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूले अब यस्ता कमजोरी दोहोरिन नदिनुपर्ने धारणा राख्दै जनमुखी विकास र सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो। उहाँले विकास निर्माणका कार्यलाई दीर्घकालीन दृष्टिकोणका साथ अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।

उनका अनुसार जनताको प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यान्वयन गरिए मात्र स्थानीय तहको विकास दिगो र परिणाममुखी बन्न सक्छ।