६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पोखराकाे गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

पोखराकाे गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
अ+ अ-

काठमाडाैँ । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा रु पाँच लाख २५ हजार ७१५ आम्दानी गरेको छ । पर्यटकीय राजधानी पोखरा–१७ छोरेपाटनमा रहेको सो गुफा अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई टिकट बिक्री गरेर आम्दानी गरेको हो ।

जेठको १० गते आइतबार मात्र गुफामा चार हजार ४७२ जना बाह्य पर्यटक, एक हजार ४८७ आन्तरिक पर्यटक र ११९ जना विद्यार्थी गरी कूल छ हजार ७८ जनाले टिकट काटेरे गुफाको अध्ययन अवलोकन गरेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो ।

गुफाभित्र ५०० मिटरमा अवस्थित प्रकृति निर्मित शिवमूर्तिको दर्शनसँगै लगभग १०० मिटरभित्र पुगेपछि देखिने पातले छाँगो (डेभिजफल) झरनाको दृश्यले पर्यटकको आकर्षण बढाएको बताउँदै उहाँले भन्नुभयो, “गुफा एउटा अलौकिक धार्मिक एवं पर्यटकीयस्थलको रूपमा विकास हुँदै आएको छ ।”

गुफा प्रवेशका लागि आन्तरिक पर्यटकका लागि रु ५०, बाह्य पर्यटकको लागि रु १०० र विद्यार्थीको लागि रु ३५ को टिकट व्यवस्था गरिएको छ । गुफाभित्र निर्माण गरिएको यान्त्रिक कामधेनु गाई र भक्तजनले चढाएको दानबाट पनि राम्रो आम्दानी हुने गरेको छ । अध्यक्ष बास्तोलाले भन्नुभयो, “तीन दशकदेखि प्रचारप्रसारमा आएको गुफाको आम्दानीबाट गुफाको संरक्षण एवं प्रवर्द्धनसँगै शैक्षिक क्षेत्रमा लगानी गर्दै आएको छ । गुफाले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापना गरी सञ्चालन गर्दै आएको छ जुनक्याम्पसमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।”

गुफाको धर्मशाला हलमा गुरुकुल पनि सञ्चालन गर्दै आएको छ । जस गुरुकुलमा कक्षा ११ सम्मको पढाइ हुने गरेको हाल ४८ जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् भने आसपासका सामुदायिक विद्यालयलाई समेत आर्थिक सहयोग गरेको छ । गुफाले वार्षिक रु छदेखि सात करोडसम्म आम्दानी गर्दै आएको उहाँको भनाइ छ ।

गुफाको टिकटबाहेक कामधेनु गाई, भक्तजनले चढाएको दान, थप आम्दानीको स्रोत बनेको बताउँदै उहाँले भन्नुभयो गुफा परिसरमा मुस्ताङबाट ल्याइएको १००८ मिलोग्रामको शालिग्राम, बूढानीलकण्ठ मूर्तिका साथै गुफा प्रवेशस्थलमा निर्माण गरिएका नवग्रह आकर्षको रूपमा रहेका छन् ।

गुफा कार्यालय प्रमुख नारायण पौडेलका अनुसार पछिल्लो समय गर्मी बढेसँगै पोखरामा पर्यटकको चाप बढेको छ । पोखरा आउने पर्यटकले गुफा नआइकन फर्के भ्रमण अधुरो रहेको महसुस गर्न थालेको कारणले आकर्षण बढेको छ । छ हजार क्षेमताको गुफामा भीड बढेपछि व्यवस्थापन गर्न समेत धौधौ पर्ने गरेको उहाँको भनाइ छ ।