२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईलाई हराउँदै राजस्थान रोयल्स प्लेअफमा



अ+ अ-

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा राजस्थान रोयल्सले शानदार जित हात पारेको छ ।

आइतबार साँझ सम्पन्न खेलमा राजस्थानले मुम्मबइ इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको हो। राजस्थानले प्लेअफमा स्थान बनाएसँगै पञ्जाब किंग्स भने प्रतियोगिताबाट बाहिरिएको छ। यो सँगै प्लेअफ पुग्ने सबै चार टिमको तय भएको छ।

रोयल च्यालेन्जर्स बेङ्गलुरु, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थानले प्लेअफमा स्थान बनाएका हुन् । अब मे २६ मा हुने क्वालिफायर–१ मा बेङ्गलुरु र गुजरात भिड्नेछन् भने मे २७ मा हुने इलिमिनेटरमा हैदराबाद र राजस्थान आमनेसामने हुनेछन् ।

आइतबार दिउँसो भएको २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुआत निकै खराब रह्यो। रोहित शर्मा शून्यमै आउट भए भने पावरप्लेभित्रै टोलीले ४ विकेट गुमायो। त्यसपछि सूर्यकुमार यादवले ६० रन र हार्दिक पाण्ड्याले ३४ रन बनाएर टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि लगातार विकेट गुम्दा मुम्बई लक्ष्यसम्म पुग्न सकेन ।

राजस्थानका लागि जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। नान्द्रे बर्गर, ब्रिजेश शर्मा र यश पुंजाले समान २–२ विकेट लिए।

ब्याटिङतर्फ ध्रुव जुरेलले ३८ रन बनाए भने आर्चरले १५ बलमा ३२ रनको आक्रामक इनिङ्स खेले। दासुन शनाकाले २९ रन जोडे। अन्तिम समयमा रविन्द्र जडेजा र बर्गरले तीव्र गतिमा रन थप्दै राजस्थानलाई २ सय रन पार गराएका थिए।

मुम्बईका लागि दीपक चाहर र शार्दुल ठाकुरले समान २ विकेट लिए। विल ज्याक्स, अल्लाह गजनफर र कर्बिन बोशले १–१ विकेट हात पारे।