१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मन्त्री यादवद्वारा सिमरा सेजको अतिक्रमित जग्गाको निरीक्षण

मन्त्री यादवद्वारा सिमरा सेजको अतिक्रमित जग्गाको निरीक्षण
अ अ+ अ-

बारा। उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री गौरीकुमारी यादवले आज सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज)को स्थलगत निरीक्षण गर्नुभएको छ ।

सरकारले अतिक्रमित जग्गा खाली गराउने तयारी गरिरहेका बेला मन्त्री यादवले सेज क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री यादवले जीतपुरसिमरा उपमहानगरपालिका–४, १४ र १५ अन्तर्गत पर्ने सेजको जग्गा तथा त्यहाँ निर्माण गरिएका संरचनाबारे स्थानीय सरकार, प्रशासन र स्थानीयवासीसँग जानकारी लिनुभएको थियो ।

उक्त मन्त्रालयका सचिव कृष्णबहादुर राउत, विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक मेघराज शङ्करसहितको टोली लिएर सिमरा पुग्नुभएकी मन्त्री यादवले सेज क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयसँग छलफलसमेत गर्नुभएको थियो । सो अवसरमा लामो समयदेखि बसोबास गर्दै आएका ९३ घरपरिवारले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीयका अनुसार उनीहरू २०५९ सालमा वीरगन्ज चिनी कारखाना बन्द हुनुअघिदेखि नै उक्त क्षेत्रमा बसोबास गर्दै आएका हुन् । कारखानाले आफ्ना मजदुर परिवारलाई बसोबास तथा खेतीपातीका लागि आफ्नै स्वामित्वको जग्गामा राखेको उनीहरूको भनाइ छ । त्यस्तै, २०५० सालमा बालगङ्गा खोलाको बाढीबाट विस्थापित ३७ परिवारलाई तत्कालीन डुमरवाना गाविसले स्थानीय प्रशासनसँगको समन्वयमा सोही क्षेत्रमा व्यवस्थापन गरेको थियो ।

चिनी कारखाना बन्द भएपछि २०६२ सालमा उक्त जग्गाको स्वामित्व उद्योग मन्त्रालयको नाममा आए पनि ती १३० परिवार अझै त्यही बस्दै आएका छन् । आफूहरू अतिक्रमणकारी नभई कारखानाकै व्यवस्थापनमा बसोबास गरेको भन्दै ९३ परिवारले उचित व्यवस्थापनको मागसहित स्थानीयले मन्त्री यादवसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।

चिनी कारखाना र तत्कालीन स्थानीय प्रशासनले व्यवस्थापन गरेका परिवारबाहेक हाल सेज क्षेत्रको जग्गामा ६०० भन्दा बढी घरपरिवार बसोबास गर्दै आएका छन् । सेजले २०७७÷७८ सालमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार ६०६ घरपरिवार सेजको जग्गामा बस्दै आएका छन् । जसलाई प्राधिकरणले अतिक्रमणको रूपमा उल्लेख गर्दै आएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार जीतपुरसिमरामा कुल ८३३ बिघामध्ये ४९० बिघा जग्गा अतिक्रमणमा परेको छ । हाल ३४३ बिघा मात्रै सेजले उपयोग गरिरहेको जनाएको छ । प्राधिकरणले वैशाख ९ गते जीतपुरसिमरा उपमहानगरपालिकालाई पत्राचार गर्दै अतिक्रमित जग्गा खाली गराउन सहयोग मागेको थियो । त्यसअनुसार उपमहानगरपालिकाले वडा कार्यालयमार्फत स्थानीयलाई सूचनासमेत जारी गरिसकेको छ ।

मन्त्री यादवसँगको भेटमा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले अतिक्रमित जग्गा खाली गराउने कार्यमा उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

निरीक्षणका क्रममा मन्त्री यादवले बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रसहित सम्बन्धित निकायका प्रतिनिधिसँगसमेत छलफल गर्नुभएको थियो । निरीक्षणपछि उहाँले सरोकारवाला निकायसँग आन्तरिक छलफल गरेर फर्किनुभएको छ । रासस