२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन



अ+ अ-

काठमाडाैँ । बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्नुभएको छ ।

बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथको दर्शन गरेपछि उहाँले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो । पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी गराउनुभएको थियो ।

मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उहाँले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गर्नुभएको छ ।

मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो । मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आउनुभएको थियो । शनिबार उहाँले कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गर्नुभएको थियो ।