६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत



अ+ अ-

काठमाडाैँ । नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार तथा बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको हितका लागि आफ्नो सरकार उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजदूत फेनले नेपालको शिक्षा क्षेत्रमा बेलायती सहयोगलाई तीन प्रमुख स्तम्भमा वर्गीकरण गरिएको जानकारी दिनुभयो। उहाँले नेपालले शिक्षामा हासिल गरेको “सर्वसुलभ पहुँच” को प्रशंसा गर्दै भौगोलिक कठिनाइका बाबजुद हरेक बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सफल हुनु नेपालका लागि असाधारण उपलब्धि भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार अबको मुख्य चुनौती पहुँच विस्तारबाट माथि उठेर गुणस्तरीय शैक्षिक नतिजा हासिल गर्नु हो। यसै उद्देश्यका लागि “विद्यालय शिक्षा क्षेत्र कार्यक्रम” मार्फत आधारभूत शिक्षाको सुधारमा बेलायतले नेपाल सरकार तथा युनिसेफलगायत साझेदार संस्थाहरूसँग सहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो।

राजदूत फेनले नयाँ बेलायती सरकारको प्राथमिकतासँग मेल खाने गरी “ट्रान्सन्याशनल एजुकेशन” (सीमापार शिक्षा) लाई उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा अघि सारिएको बताउनुभयो। निजी क्षेत्रको सहकार्य र शैक्षिक साझेदारीले नेपाल–बेलायतबीचको व्यापारिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उहाँको भनाइ थियो।

बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीको “पास्टोरल केयर” अर्थात् हेरचाह र अभिभावकत्वलाई विशेष प्राथमिकता दिइएको पनि उहाँले स्पष्ट पार्नुभयो। पर्याप्त अंग्रेजी ज्ञान बिना वा ठूलो ऋणको बोझसहित बेलायत जाने कतिपय विद्यार्थी मानसिक तथा सामाजिक दबाबमा पर्ने गरेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो।

विद्यार्थीहरूले एक्लोपन वा असुरक्षा महसुस नगर्न सकून् भनेर लण्डनस्थित नेपाली दूतावास, बेलायत–नेपाल सोसाइटी तथा नेपालका शिक्षा र परराष्ट्र मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।

त्यसैगरी, नेपालमा महिला नेतृत्व र सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले “ब्रिटिश एम्बेसी गल्स फुटबल टूर्नामेन्ट” आयोजना गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो। खेलकुदमार्फत किशोरीहरूको सहभागिता र नेतृत्व विकासमा योगदान पुग्ने उहाँको विश्वास थियो।

राजदूत फेनले स्पष्ट रूपमा भन्नुभयो, “यदि कुनै बेलायती विश्वविद्यालयले नेपाली विद्यार्थीको हितमा ध्यान दिएको पाइएन भने म स्वयं त्यस विश्वविद्यालयका उपकुलपतिसँग सम्पर्क गरेर ध्यानाकर्षण गराउनेछु।”

उहाँले नेपालको विकास आवश्यकताअनुसार सहयोग गर्न बेलायत सरकार सधैँ तयार रहेको र शिक्षा क्षेत्रको समग्र साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।