९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको डोजर अभियान सुरू



अ+ अ-

काठमाडौं । पाेखरा महानगरपालिकाले फिर्केखोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन आइतबार बिहानदेखि डोजर परिचालन गरेको छ ।

फेवातालको प्रमुख मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण तथा सीमांकनसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले अतिक्रमण हटाउने अभियान अघि बढाएको हो ।

महानगरपालिकाले २०८० साउनमा फिर्केखोलाको वास्तविक मापदण्ड निर्धारण गर्न प्राविधिक नापजाँच गरेको थियो । अध्ययनका क्रममा करिब ८ किलोमिटर लामो खोलाको बहाव क्षेत्र र मापदण्डभित्र १६० भन्दा बढी अवैध संरचना निर्माण भएको तथ्य फेला परेको थियो ।

महानगरको प्रतिवेदनअनुसार तीमध्ये ९७ वटा व्यक्तिगत अस्थायी घर रहेका छन् भने अन्य स्थायी संरचना हुन् । अतिक्रमित संरचनामा केही विद्यालय, विभिन्न टोल तथा जातीय संगठनका समाजघर, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन तथा वडा नम्बर १७ को गाईघाटस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्रको भवन समेत परेका छन् ।

यसअघि महानगरपालिकाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै मापदण्डभित्र बनेका संरचना स्वेच्छाले हटाउन आग्रह गरेको थियो । तर, सूचनाको पालना नभएपछि आइतबार बिहानदेखि फिर्केखोलाका तीन विभिन्न स्थानबाट डोजर परिचालन गरी संरचना भत्काउने कार्य सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।