१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै

आधा दर्जन विदेशी एयरलाइन्सले नेपालमा उडान भर्दै
अ अ+ अ-

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक/एक वायु सेवा प्रदायकले उडान भर्न लागेका हुन् ।

भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छ भने कुवेतको जजिरा एयरवेजले पनि नेपाल उडानका लागि स्वीकृति लिएको छ । स्पाइस जेटले काठमाडौँ–नयाँ दिल्ली–मुम्बई र भिस्ताराले काठमाडौँ–नयाँ दिल्ली रुटका लागि दैनिक एक–एक उडान गर्ने अनुमति पाएका छन् ।

यस्तै कुवेतको जजिरा एयरले अगामी मङ्सिर १ गते ९नोभेम्बर १७, सन् २०१९० देखि नेपालमा उडान भर्ने भएको छ । जजिराको उडान तालिका निश्चित भएको नियामक निकाय प्राधिकरणले जनाएको छ । भारतका दुई कम्पनीले डिसेम्बर महिनाको दोस्रो सातादेखि नेपालमा उडान भर्नेछन् । “कुवेतको जजिरा एयरको उडान तालिका बनिसक्यो, भारतका दुई स्पाइस जेट र भिस्ताराको सम्बन्धमा कागजात अध्ययनको क्रममा छ, कागजी प्रक्रिया सकेर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्लटको तालिका बनाएपछि डिसेम्बरको मध्यतिर उडान शुरु हुन्छ,” प्राधिकरणका एक उच्च अधिकारीले रासससँग भन्नुभयो ।

विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपालबाट उडान गर्नुपर्दा दुई देशीय हवाई सम्झौताबमोजिम शुरुमा पर्यटन मन्त्रालयलाई निवेदन दिनुपर्ने हुन्छ, मन्त्रालयको स्वीकृतिपछि मात्र मन्त्रालय मातहतको नियामक निकाय प्राधिकरणले उडान अनुमति दिने प्रावधान छ । विदेशी एयरलाइन्सले नेपालमा उडान विस्तार गरेसँगै भ्रमण वर्षको अवधिमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१९ मा १२ लाख हाराहारी बाह्य पर्यटक नेपाल भ्रमणमा आएका थिए । अध्यागमन विभागको पछिल्लो तथ्याङ्कअनुसार सन् २०१९ को १० महिनाको अवधिमा १० लाख पर्यटक नेपाल भित्रिएका छन् ।

दिल्ली–काठमाडौँ उडान गर्दै आएको जेट एयरवेजले कम्पनीमा वित्तीय समस्या आएको भन्दै गत वैशाखमा उडान बन्द गरेको थियो । उक्त एयरवेजको उडान बन्द भएपछि काठमाडौँ–दिल्ली रुटको हवाई भाडा महँगिएको थियो । थपिएका नयाँ जहाजको उडानले हवाई भाडासमेत घट्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ–नयाँदिल्ली गन्तव्यमा अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र भारतका दुई एयर इन्डिया र इन्डिगो एयरले उडान भर्दै आएका छन् । नेपालबाट अहिले तीन नेपालीसहित २८ वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । तीन एयरलाइन्स थपिएसँगै अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीको सङ्ख्या ३१ पुग्नेछ ।

यता सरकारले युरोपेली मुलुक फिनल्यान्डसँग दुई पक्षीय हवाई सम्झौताको तयारी गरेको छ । फिनल्यान्डको सबैभन्दा ठूलो वायु सेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सिधा हवाई सेवा विस्तार गर्ने तयारी गरेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।

“फिनल्यान्ड आफैँले नेपालसँग हवाई सम्पर्क विस्तार गर्ने चासो देखाएअनुरुप ऊसँग हवाई सम्झौताको तयारी भइरहेको छ । दुवै मुलुकको आन्तरिक परामर्श र सम्झौताका लागि आवश्यक प्रक्रिया लगभग सकिएको छ, अब मात्रै सम्झौताको मिति र स्थानको टुङ्गो लाग्न बाँकी छ,” उहाँले भन्नुभयो ।

फिनल्यान्डको राष्ट्रिय ध्वजावाहक फिनिस एयरले नेपालमा सिधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयले जनाएको छ । काठमाडौँ– फिनल्यान्ड करीब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ । दुई देशबीच हवाई सेवा विस्तार भएमा भ्रमण वर्षको दौरानमा युरोपबाट बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने सरकारी अधिकारीको विश्वास छ । अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ ।

युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्रान्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ । फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ । यस्तै रुससँग पनि पुरानो हवाई सम्झौताको पुनरावलोकनको तयारी गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । रुससँग सन् १९८९ मा नेपालले हवाई सम्झौता गरेको थियो । त्यसयता सम्झौताको पुनरावलोकन भएको छैन । सम्झौतापछि रुसले नेपाल उडान शुरु गरे पनि बीचमा रोकिएको थियो । नेपालका लागि आकर्षक मानिएको अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको मन्त्रालयले जनाएको छ । अष्ट्रेलियन एयरलाइन्सले नेपाल उडान गर्ने अपेक्षा गरिएको छ । नेपालले गत असोज १४ ९अक्टोबर १ सन् २०१९० मा अस्ट्रेलियासँग प्रारम्भिक हवाई सम्झौता गरेको थियो ।

पछिल्लो पटक चीन, थाइल्यान्ड र जापानसँग हवाई सम्झौता पुनरावलोकन भइसकेको छ । सरकारले २०७५ साल मङ्सिर १४ गते कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । नेपालसँग हवाई सम्झौता गरेको देशमध्ये कम्बोडिया ३९औँ देश हो । सम्झौतामा कम्बोडिया र नेपालका वायु सेवा कम्पनीले हप्तामा १४–१४ पटक सिधा उडान भर्नसक्ने उल्लेख छ ।